मसानघाटमा नै सुतेका यि सांसदले रातीको खाना घाटमा नै खाए, अर्को दिन सुत्न जाँदा झुल नै बोकेर गए

एजेन्सी । भारतको सत्तारुढ दल तेलुगु देशम पार्टीका सांसद रहेका नाईडूले मसानघाटमा नै गएर सुतेपछि सुरुमा उनलाई रमिता देखाएको भन्नेहरुले त्यपश्चात भने उनको हिम्मतको सम्मान गरिरहेका छन् । काम गर्ने कामदारहरुको मनबाट डर हटाउको लागि आँफु एक्लै सुतेको र अन्धविश्वासका विषयमा आँफु पहिल्यैदेखि बिरोधी भएका कारण यो काम गरेको उनले बताएका छन् ।

पहिलो पटक आन्द्र प्रदेशको संसदमा चुनिएका निम्मला रामा नाइडू शुक्रबार राति पालकोल सहरको एक मसानघाटमा सुतेपछि अहिले उनी विश्वभरका समाचार माध्यममा छाइरहेका छन् ।

राज्यको सत्तारुढ दल तेलुगु देशम पार्टीका सांसद रहेका नाईडूले मसानघाटमा भइरहेको निर्माण कार्य भूतको डरले अबरुद्ध भएपछि यस्तो कदम चालेका हुन् । उनले आफ्नो कार्यले त्यहाँ काम गरिरहेका कामदारहरुको डर हटाउने आस गरेका छन् । नाइडूले रातीको खाना पनि मसानघाटमै खाए भने दोस्रो दिन सुत्न जाँदा झुल नै बोकेर गए ।

प्रतिक्रिया दिनुहोस