बलिउड महानायक अमिताभ बच्चनको आज जन्मदिन, अझै गर्छन् रेखालाई माया !

काठमाडौँ । बलिउड महानायक अमिताभ बच्चनको आज जन्मदिन परेको छ । सन् १९४२ को अक्टोबर ११ मा भारतको उत्तर प्रदेशस्थित इलाहवादमा जन्मेका अमिताभ आजबाट ७८ वर्षमा लागेका छन् ।

सात हिन्दुस्तानी खेलेर चलचित्रमा अभिनय सुरु गरेका महानायले खुदा गवा, जन्जिर, शहनशा, सराबी, डन, सिलसिला, मोहबते, पा, सरकार, भूतनाथ, पिंकलगायत कैयौँ हिट फिल्म बलिउडलाई दिएका छन् ।

हाल उनी भारतको चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को १२औँ सिजनमा प्रस्तोताको रुपमा देखिएका छन् ।

हस्पिटलको बेडमै अमिताभले जब कसम खाँदै जयालाई भने…

एजेन्सी । सन् १९८३ मा आएको फिल्म ‘कु-ली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो । उनको फाइट पुनीत इस्सरसँग रहेको थियो । तर, उक्त एक्शनमा अमिताभ ग-म्भिर घा-इते हुन पुगे । उनी ५९ दिनसम्म हस्पिटलमा भर्ना भएका थिए ।

मिडियामा उनको मृ-त्यु भएको हल्ला समेत चलेको थियो । बिग बीको स्वास्थ्य लाभका लागि उनका फ्यानहरुल प्रार्थना समेत गरेका थिए । एक अन्तर्वार्तामा अमिताभले भनेका थिए,‘मलाई चिकित्सकहरुले मेडिकल्ली डे-ड घोषित गरेका थिए । जया आ-इसियु रुम बाहिर बसेकी थिइन् । डाक्टरले कोशिस गर्न बन्द गरेका थिए । जया कराउने काम गरिन् । मेरो औला चलेको जयाले महसुस गरिन् । तब डाक्टरलाई उनले कराउँदै मदत गर्न आग्रह गरिन् । डाक्टरले बिस्तारै मेरो खुट्टामा मालिस गरे । नयाँ जीवन पाए ।’

उक्त घटनापछि अमिताभलाई भेट्न रेखा पुगेकी थिइन् । तर, अमिताभले उनीसँग भेट्न चाहेनन् । बारम्बार रेखाले प्रयास गर्दा पनि उनले भेट्न चाहेनन् । त्यसअघि भने अमिताभ र रेखाको प्रगाढ सम्बन्ध रहेको थियो । उता रेखाले पुनित इस्सरलाई समेत थर्काएको कुरा बाहिर आएको थियो । त्यो घटनापछि रेखाले पुनितसँग कहिल्यै बोलिनन् ।

उता अमिताभसँग उनको सम्बन्ध पनि सधैका लागि बिग्रियो । जया बच्चनसँग अमिताभले कसम खाएसँगै त्यो दिनदेखि रेखासँग अमिताभ सदाका लागि टाढिएका थिए ।

प्रतिक्रिया दिनुहोस