१३ वर्षको उमेरमै बा बनेका एक किशोरको घतलाग्दो कथा !

कुनै पनि पुरुष १३ वर्षको उमेरमा पिता बन्न सम्भव होला ? आजकल त यस्ता घटना सुन्न पाइएको छैन । तर बेलायतमा चाहिँ कुनै समय एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका थिए । सन् २००९ मा जब यो खबर आयो, तब सबै छक्क परे । कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी गज्जबको छ ।

जब उनी १२ वर्षका थिए, एकजना १५ वषर्ीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच छिटै नै यौनसम्पर्क भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।

आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । जहाँ एल्फीको अनुहारमा हर्ष न विस्मात्को भाव देखिन्छ । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए । तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर गइन् । पछि ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।

१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए । प्रेमिकाले एबोर्सन गराउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।

उनलाई त्यति सानो उमेरमा बाबु बन्दा दुनियाँले के भन्दा भन्ने कुराको परवाह थिएन । त्यति माया गर्ने प्रेमिका छोरीसँगै पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि उनले मादक पदार्थ तथा लागू औषध सेवन गर्न थाले । उनको आनीबानी यति बिग्रियो कि उनी सानै उमेरमा जेल जानुपर्‍यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस