राति संगै सुतेकी श्रीमतीलाई भुत सम्झेर सिरानी मुनीको खुकुरी झिकेर प्रहार गर्दा श्रीमती यस्तो अवस्थामा पुगिन्

रामहरि श्रेष्ठ, ओखलढुंगा–२१ औं शताब्दीको यो आधुनिक जमानामा देशका कयौं भूभागका मानिसहरु आझैपनि भुतप्रेतमा विश्वास गर्दछन् । कहिलेकाहीँ अन्धविश्वासकै पछि लाग्दा ठूलो दुर्घटना पनि निम्तन सक्छ भन्ने उदाहरण ओखलढुंगामा घटेको एक घटना बनेको छ ।

जिल्लाको खिजीदेम्वा गाँउपालिका ८ का ३८ वर्षीय हितबहादुर विकले सोमबार मध्यराती भूतले तर्साएको भन्दै निन्द्रामै श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी झिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीतामाया विश्वकर्मालाई लागेर गम्भीर भएका भएकी हुन् ।

गीतामायाको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेको छ । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

हितबहादुर भूत–भूत भन्दै चिच्याउँदै खुकुरी प्रहार गरेको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस