१० जनालाई अन्धो बनाएर त ड्पाएर मा रियो, ह त्या राको ब यान सुन्दा पुलिस नै ड रायो

एजेन्सी- अमेरिकाको कनास शहरमा १० जनाको हत्या गर्ने सिरियल किलरले निकै आश्चर्यजनक र डरलाग्दो खुलासा गरेका छन् । उनीसँगको सोधपुछमा उनले भनेका कुराहरु कुराहरु सुन्दा पुलिस नै चकित परेको छ । उनले भने कि बाल्यकालमै उनको शरीरमा एक प्रेतमात्मा आएको थियो जसले उनीबाट यी सबै हत्या गराएको हो । डेनिस नामका ती हत्याराले १० जनालाई अन्धो बनाएर तड्पाइ–तड्पाइ मारेका थिए । मारिनेमा २ बच्चा पनि थिए ।

१९७४ देखि १९९१ को बीचमा डेनिसले १० जनाको विभत्स तिरकाले हत्या गरेका थिए । लगातार एकै किसिमका हत्या भइरहँदा पुलिसले पनि बुझ्न सकिरहेको थिएन कि हत्याको कारण के थियो ? पुलिसले यति भने बुझेको थियो कि यो कुनै साइको हत्याराको काम थियो २००५ मा डेनिस पक्राउ परे । आफैंलाई बीटीके (ब्लड, टर्चर, किलिङ) भन्ने यी हत्याराले पुलिससामु अपराध कबुल गरेका थिए । हालै उनीसँग सोधपुछ गरिएको भिडियो सार्वजनिक भएको छ जसले सनसनी मच्चाएको छ ।

एक टिभी च्यानलले उनीसँगको सोधपुछको भिडियो प्रसारण गरेको थियो । जसमा उनी भन्छन् ‘म एक सोझो मान्छे हुँ । दिनहुँ चर्च जान्छु । म परिवारवाला मान्छे कसरी हत्या गर्न सक्छु ? तपाइँ मान्नुस कि नमान्नुस तर यो मेरा काम होइन मभित्र बसेको एक राक्षसको काम हो । ऊ बाल्यकालमै मभित्र घुसेको थियो । उसले ममाथि काबु पायो र निर्दोषलाई मेरो हातबाट मार्यो । मलाई त ती मानिसमाथि दया लाग्थ्यो जसलाई मैले मारें ।’

आफ्नी पत्नी र २ सन्तानको समेत हत्या गरेका डेनिस अगाडि भन्छन् ‘मलाई सानैमा कालो दुनिया भएको आभास भएको थियो । म जब आठ कक्षामा पढ्थें तब कालो दुनियाको सत्य थाहा भयो । अँध्यारो दुनियाले ममाथि कब्जा गरेको थियो ।’ मिडिया रिपोर्टका अनुसार डेनिस हत्या गरेपछि पुलिसलाई सताउँथे । उनी एक फ्लपी डिस्कमा त्यो हत्याको अनुसन्धानमा पुलिसको असफलताको कुरा लेख्थे । उनले त्यसमा गाली पनि लेख्थे । अन्ततः फ्लपी डिस्ककै आधारमा पुलिसले उनलाई समात्यो । रिपोर्टका अनुसार उनी हत्या गर्नुभन्दा अघि उनीहरुलाई अनौठो तरिकाले तयार गर्थे । त्यसपछि कैयौं दिनसम्म निकै यातना दिएपछि मार्थे । डिसिनेपालबाट

प्रतिक्रिया दिनुहोस