प्रेमिकालाई भेट्न गएका यी युवकलाई कपाल मुन्डन गरी जुत्ताको माला लगाई बजार घुमाइयो , रहस्य यस्तो

तपाईं कतै टाढा रहेकी आफ्नै प्रेमिकालाई भेट्न जानुभयो भने पक्कै पनि न्यानो स्वागत पाउनुहुन्छ होला । भारतको बुलंदशहर नगर कोतवालीमा आफ्नी प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइप¥यो जब उनलाई प्रेमिकालाई भेट्न आएकोमै केरकार शुरु भयो ।एकदिन ती युवक प्रेमिकाको घरनजिकै पुग्दा केही मानिसले बाटैमा उनलाई समातेर केरकार गर्न थाले ।पछि ती मानिसले युवक किन आएको भन्ने कुरा थाहा पाएपछि त झन् समस्या भयो । तब प्रेमिका भेट्न आएका ती युवकलाई समातेर जबर्जस्ती कपाल मुन्डन गरिदिए ।कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन ।

त्यसपछि युवकलाई जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो । यस्तो घटना हाम्रै छिमेकी देश भारतको बुलंदसहर नगर कोतवालीको हो । भारतीय अनलाइनमा छापिएका खबरअनुसार प्रेमिका भेट्न जाने ती युवक गलत व्यवहारको सिकार बनेका हुन् ।खबरअनुसार युवकलाई त्यसरी मुन्डन गरेर बेइज्जतीपूर्वक जुत्ताको माला लगाएर बजार घुमाउने अरू कोही नभएर आफ्नी प्रेमिकाकै परिवारका सदस्य पो रहेछन् यो क्रममा त्यहाँ निकै भीड जम्मा भइसकेको थियो । भीडबाट कसैले प्रहरीलाई सम्पर्क गरेपछि केही समयमै घटनास्थलमा प्रहरी आइपुग्यो ।अहिले हाल दुवै पक्षले प्रहरीमा मुद्दा हालेका छन् ।युवकको कपाल मुन्डन गरेको तथा जुत्ताको माला लगाएर बजार घुमाएको भिडियो भीडबाट कसैले खिचेको यससम्बन्धी भिडियो अहिले भारतमा समाजिक संजालमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस