ढाड दुख्ने समस्यालगायत धेरै समस्याको एउटै उपाय, कपुर ! यसरी प्रयोग गर्नुहोस

कपुरको प्रयोग हामीहरुले पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छौँ र यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ र यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ|

साथै एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ र यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ र दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ र यसको साथै कपुरको महत्वपूर्ण फाइदाको बारेमा छोटो जानकारी गराऊदछु

१) पुरानो खोकीमा:-

सूठो,पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक्एक गोली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ!

२) खोकी लागेमा:-

साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ!

३) आउँ बाथ

भएमा दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण,आउँ,बाथ सबै ठीक हुन्छ!

४) पुरानो बाथमा:–

एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ!

५) निद्रा नलाग्नेमा,मुर्छा पर्ने रोग लागेमा:–

फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ!

६) पोलेको ठाउँमा

कपुर चिसो हुन्छ। त्यसकारण शरीरको कुनै भागमा पोलेमा कपुर लगाएमा आराम दिलाउँछ। यसका साथै शरीरमा कपुरलाई घोलेर दर्द भएको ठाउँमा लगाएमा सञ्‍चो हुन्छ।

७) कपालको लागि फाइदा

कपुरले कपालको लागि पनि धेरै लाभकारी मानिन्छ। कपुरलाई नरिवलको तेलमा मिलाएर लगाएमा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसका साथै कपालमा ड्यान्ड्रफ आउँदैन।

८) छालाको एलर्जीमा फाइदा

जाडोमा हाम्रो छाला रुख्खा भएर फुट्ने गर्छ। यसले छालामा एलर्सी र बिग्रिने हुन्छ। त्यस्तो अवस्थामा कपुरलाई नरिवलको तेलमा मिसाएर लगाएमा छालालाई एलर्जी हुनबाट बचाउँछ। छालामा पनि चमक ल्‍याउँछ।

प्राय हामी कपुर पूजापाठको लागि प्रयोग गर्ने गर्छौ। तर कपुर पूजा पाठ मात्र नभइ मानव स्वास्थयको लागि पनि निक्कै फाइदाकारी मानिन्छ। कपुरले कुन कुन चीजमा फाइदा पुर्‍याउँछ ?
९) अनुहारमा चमक ल्‍याउन उपयोगी

यदि तपाईको अनुहारको चमक हराएको छ भने प्रत्येक दिन सुत्नु अगाडि कपुरको पाउडर काचो दूधमा मिलाएर लेप लगाएमा अनुहारमा चमक आउँछ।

१०) शरीरमा पीडा भएमा

यदि तपाईलाई ढाड वा शरीर भारी भएर दुखेमा वा मांशपेशी खुम्चिएर अल्छीपना बनाएमा कपुरलाई तेलमा मिलाएर मालिस गरेमा आराम दिलाउँछ।

११) पेट दुखेमा

अचानक पेट दुखेर हैरान हुनु भएको छ भने एक गिलास पानीमा शोप हालेर पिएमा पेटलाई आराम दिलाउँछ।

प्रतिक्रिया दिनुहोस