एक महिलाका ३८ वटा छोराछोरी: एकैपटक ६ वटा सम्म जन्माइन्, आँखा रसाउने छ उनको जिवन कहानी

एजेन्सी । रुवान्डाकी एक महिलाले संसारलाई नै चकित पार्दै ३८ छोराछोरीकी आमा बनेकी छन् । मरियम नबातान्जी नाम गरेकी ति महिलाको उमेर ३९ वर्षको छ । उनले अहिले सम्म ३८ बच्चालाई जन्म दिइसकेकी छिन् ।

उनको गर्भाशयलाई संसारकै असाधारण भनिएको छ । उनले ६ पटक जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । अनौठो त के भने चार पटक उनका तिम्ल्याहा बच्चा जन्माइन् भने जबकि पाँच पटक उनले एकैचोटीमा ४–४ बच्चा जन्माइन् । एक पटक त एकैसाथ ६ बच्चा जन्मिए ।

पछिल्लो पटक नबातान्जी साढे २ वर्ष अगाडि गर्भवती भएकी थिइन् । उनको पेटमा ६ बच्चा थिए । एउटाको पेटमै मृत्यु भएको थियो । त्यसपछि कोही पनि बाँचेनन् ।

पछिल्लो एकै पटक जन्मिएका ६ बच्चा भने अहिले कुनै पनि जिवित छैनन् । उनीहरुको परिवार अफ्रिकामा सबैभन्दा ठूलो परिवार मानिन्छ । उनका पति घरमा खासै बस्दैनथे र उनको घरमा पतिलाई अभिशापका रुपमा लिइन्छ । उनले धेरै दुःख झेलेकी छिन् ।

पतिले केही काम नगरेकाले उनी आफैले हेयर ड्रेसिङ र कबाडी सामान बेच्दै आएकी छिन् । आफैले त्यती धेरै बच्चा जन्माउनु र उनीहरुको पालन पोषण पनि एक्लै गर्नु महिलाका लागि निकै ठुलो चुनौती छ ।

ज्यादा बच्चा हुनुको पछाडिको कथा
धेरै बच्चा जन्माउनुमा बनातान्जीले विगतलाई कारक मान्छिन् । उनलाई जन्म दिएकै दिन उनको आमाको मृत्यु भयो । उनका बाबुले अर्को विवाह गरे । सौतेनी आमाले सबै बच्चाको खानामा शिशाको गिलास टुक्राटुक्रा पारेर मिलाएर दिइन् ।

नबातान्जी सात वर्षकी छँदा भएको यो घटनामा उनका भाइ बहिनीहरु सबै मारिए तर उनी बाँचिन् । उनी आफ्ना नातेदारकहाँ गइन् र बसिन् । त्यतिबेलै मनमा ख्याल गर्थिन् कि ६ बच्चा जन्माएर फेरि परिवार बनाउछु ।

तर अहिले भने उनलाई सोचे भन्दा धेरै बच्चा भएको छ । अहिले उनकी ठूली छोरी २३ वर्षकी छिन् । उनको १२ वर्षको उमेरमा बिहे भएको थियो । एक वर्षपछि उनले जुम्ल्याहा बच्चा जन्माइन् । डाक्टरले अन्डाशय असामान्य रुपले ठूलो भएकाले गर्व निरोधक चक्की लिनु घातक भएको बताएपछि उनको जीवनको मोड नै बदलियो । शरीरको यो विकृतिले उनका यतिधेरै सन्तान होलान् भन्नेसम्मको जानकारी भएन ।

प्रतिक्रिया दिनुहोस