घर किन्दा श्रीमती सित्तैमा : जुन विज्ञापनले संसार हल्लायो

एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु राखेर ग्राहकको मन लोभ्याएको त हामीले देखे सुनेकै छौं । कतिपय उपभोक्ता त्यस्ता विज्ञापनको लोभमा परेका हुन्छन् । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा पत्याउनै गाह्रो हुन्छ । विज्ञापनको बजारमा ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो ।

तर केही समय अगाडी यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा’ भन्ने अनौठो अफर चर्चामा आएको थियो । यो अफर हो इण्डोनेसियाको । यो अफरले संसारलाई नै आश्यर्च चकित बनाएको थियो । जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् । विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसंगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस