सबैको मनमा बसेका डाक्टर/नर्सकी छोरी सियोनालाई गम्भीर समस्या: उपचारमा २५ क’रोड लाग्ने [सहयोगको अपिल]

काठमाडौ । मानिस जन्मिदै कस्तो भाग्य लिएर आउँछ त्यो कसैलाई थाहा छैन । नानी सियोन श्रेष्ठ अहिले मात्र १३ महिनाकी भइन् । उनकी आमा एलिना गुरुङ् पेसाले नर्स हुन । बाबु डा. सन्दिप श्रेष्ठ आफैमा वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनले विशेषज्ञताले हज्जारौ नानी बाबुहरुको जीवन रक्षा भएको छ । उनी छोटो समयमा नै हरेक नेपालीको मनमा बस्न सफल चिकित्सकमा पर्छन् ।

तर भाग्यको खेल उनकै छोरी सियोना श्रेष्ठमा जन्मजात वंशानुगत लाग्ने रोग SPINAL MUSCULAR ATROPHY (SME-1) लाग्यो । यो रोग भएपछि बच्चाका अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्यु हुने जस्ता लक्षण देखिन्छ । यो अत्यन्तै खर्चिलो रोग हो । यसको उपचारका लागि करिब २५ करोड रुपैया लाग्दछ ।

यसको उपचार अमेरिका लगायत उच्च विकसित देशका ठूला अस्पतालमा मात्र सम्भव छ । यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगि उपचार गर्नुपर्नेछ । लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन् । तर परिवारले आफ्नी छोरी बचाउन हिम्मत हारेन ।

उनीहरुले विश्वभरीका मानिसहरुलाई सहयोगको अपिल गरे । अहिले उनीहरुलाई झण्डै साढे २ करोड सहयोग मिलिसकेको छ । तर यो १ करोडको विषय मात्र हैन । कम्तिमा २५ करोड रकम पुर्याउनु सामान्य कुरा छैन । यसैले उनीहरु नानीको जीवन रक्षाका लागि सबैसँग अपिल गरिरहेका छन् । उनीहरुको अपिललाई विश्वभरीका मानिसहरुले स्वीकार गरिरहेका छन् । चर्चित बलिउड सेलिब्रेटी जरिन खानले समेत नानीको उपचारका लागि आफ्नो अफिसियल पेजमा पोष्ट गर्दै अपिल गरेकी छिन् ।

त्यो निश्चित समयसम्म हामीले रकम जुटाउन सकेनौँ भने फेरी के हुन्छ ? यो सम्झिदापनि भक्कानो छुटेर आउँछ । अब फेरी अर्को जन्मदिन कस्तो हुने हो । छोरीको हड्डी र मांशपेशीहरु कमजोर बन्दै गएका छन् । हेर्दा हेर्दै अत्यन्तै कजोर बनिरहेकी छिन् । हरेक क्षण आँशु मात्र आउँछ । यहाँहरुलाई जानकारी दिन चाहान्छु । मेरी छोरी केबल एक इन्जेक्शनबाट बचाउन सकिन्छ । जसले वंशानुगत दोषको प्रतिस्थापित गर्नेछ । र नानीले नयाँ जीवन पाउनेछिन् । तर त्यही एउटा इन्जेक्शनको मात्र २ दशमल १ मिलियन डलर अर्थात झण्डै २५ करोड हुन आउँछ ।

मेरी नानीलाई यो धर्तीमा एक मौका दिनुहोस् । उनलाई आवश्यक इन्जेक्शन लगाएपछि आशा छ उनी छिट्टै राम्रो हुनेछिन् । एकदिन उनी र हामी हाम्रो परिवार सबैले तपाईहरुको सहयोग, सहयोगबाट नै ऋण चुक्ता गर्ने बाचा गर्दछौ । अहिलेसम्म सहयोग, साथ र हौसला दिनुहुने सबैमा भित्री आत्मदेखि नै धन्यवाद दिन चाहान्छु ।

प्रकृतीको बरदान अति सुन्दर यी मेरी फुल जस्ती नानी बचाउन तपाईहरुले गरेको सहयोगको मुल्यांकन भगवानले नै पनि गरिरहेका छन् । आशा छ भगवानले नै मानवतारुपी समाज दिएको छ । हाम्री नानीलाई त्यही समुदायले बचाउनेछ । यो मेरो सन्देश विश्वभरी पुग्नेगरी सेयर गरिदिनुहोला । नानीको सहयोग यसरी गर्न सक्नुहुनेछ । भन्दै लिंक दिएकी छिन् ।

You can help save Siyona life by making a transfer of a amount to the details below:
Gofundme link :

https://www.gofundme.com/f/treatmentforsiyona…

Siyona shrestha
206500000031524
Bank of Kathmandu Parasi branch
Esewa id : 9816457809,9847206466

October 12 – Today our daughter turns 13 months . One month less time left to collect… This thought brings sad thoughts. What if we don’t have time? What then? It hurts to realize that every little birthday can be the last… After all, our siyona has a spinal muscular atrophy, where motor neurons die, the child weakens in front of the eyes.

Only 1 injection of Zolgensma can save the life of siyona , which will replace the ′′ Defective in survival motor neuron 1′′ gene with a healthy one. But the cost of the drug is 2.1 million dollar (25 crore ) One will never raise this amount…

प्रतिक्रिया दिनुहोस