श्रीमान आवश्यकता भन्दा बढी राम्रो भएको भन्दै श्रीमतीले दिइन् सम्बन्ध विच्छेदको मुद्दा

काठमाडौं। सामान्यतया पति–पत्नीबीचको झगडा हुनु सामान्य मानिन्छ । पति पत्नीबीच सानोतिनो झगडाले जीवन अगाडि बढ्छ भने ठूलै झगडाले सम्बन्ध बिग्रन्छ । तर युएईको एउटा घटना भने अचम्म खालको छ । झगडा नभइकनै एक महिलाले सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् ।

पहराहको शरिया अदालत पुगेकी महिलाले आफ्नो पति भलाद्मी तथा शरीफ भएको भन्दै सम्बन्ध विच्छेद गर्न चाहेको बताएकी छिन् । उनले भनेकी छिन् – जहिलेदेखि विवाह भयो तबदेखि उचो स्वरमा कहिल्यै बोलेनन् । उल्टै काममा हात दिन्छन् । घर सफा गर्नमा सधै मद्धत गर्छन् ।’ उनले अदालतमा पतिले खाना बनाएर खुवाएको पनि बताएकी छिन् । यही बढी मायाप्रेमले आफूलाई अट्टहास महसुस भएको उनको भनाइ छ । उनले भनेकी छिन् – सबै राम्रो छ त्यसैले जिन्दगी नर्कतुल्य भयो ।

पतिको निकै राम्रो नियत भएकै कारणले अहिलेसम्म झगडा र विवाद नभएको उनले बताएकी छिन् । अहिलेसम्म उच्च स्वरले कुरासमेत नगरेको भन्दै ती महिलाले सम्बन्ध विच्छेद चाहमेको बताइन् । विवाद गर्नलाई आफूले पटक पटक प्रयास गरे पनि विवाद नभएको उनको दुःखेसो छ । उनीसँग झगडा गर्न पनि नसकिने भएपछि उनले अदालतको शरण परेकी हुन् । अदालतले यो मुद्दालाई थाँतिमा राखेको छ । पतिले भने उक्त मुद्दा फिर्ता लिन आग्रह गरेका छन् ।

उनले विवाहको एक वर्षमा तुलना गर्न ठीक नहुने भन्दै व्यक्तिले आफ्नो गल्तीबाट सिक्ने बताएका छन् । अदालतले ती महिलाका पतिले आफूले अहिलेसम्म कुनै गलत नगरेको र सबैभन्दा उत्तम पति बन्न चाहेको बताएका छन् । पत्नीले कुनै गुनासो नगरुन् भनेरै आफूले उत्कृष्ट बन्ने प्रयास गरेको उनको भनाइ छ । एक पटक पत्नीले उनको वजनको विषयलाई लिएर गुनासो गरेकी थिइन् । पत्नीलाई खुशी राख्न उनले डाइटिङ पनि गरेका थिए । यही चक्करमा शारीरिक ब्यायाम गर्न खोज्दा खुट्टा पनि भाँचिएको थियो ।‘एजेन्सी

प्रतिक्रिया दिनुहोस