बिवाह गरेर ल्याएकी श्रीमती आफु संग बिवाह गर्नु पुर्व ८ जना पुरुष संग बिवाह भएको थाहा पाएपछि……

एजेन्सी । एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग । तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् । घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा दर्ता गरे ।

प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् । प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन् । केही दिनपछि पती–पत्नीबीच खटपट भयो । त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् ।

दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् । तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन । हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन् ।

आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायित्व आयो । फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिब ५ वर्ष सम्बन्धमा बसिन् । सम्बन्धमा रहँदा उनी ४ वटा बच्चाकी आमा बनिन् । समय अगाडि बढ्दै थियो तर, फेरि पति र पत्नीबीच विवाद भयो ।

आठौं पतिसँग बस्ने मन नलागे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन् । तर आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ता गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप लगाए ।

त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी शुरु गर्यो । खोजी शुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गरि उनीहरुलाई स्थानीय अदालतमा पेश गरिएको थियो ।

महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस