श्रीमान अफिस गएको बेला घरमा प्रेमी बोलाएर सहवास गर्दै गर्दा, श्रीमानले भेटेपछि युवकले गरे ५ तलाबाट हाम फालेर देहत्याग

एजेन्सी । दक्षिणी दिल्लीको टिगरी इलाकामा एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि जेजे कोलोनी निवासी पंकजले पाँच तलाबाट हाम फालेर देहत्याग गरेका छन् । महिलाका श्रीमानले ती दुईलाई आ’पत्तिजनक अवस्थामा भेटेपछि त्यहाँ तनाव उत्पन्न भएको थियो ।

तनाव उत्पन्न भएपछि उनले भवनको पाँचौं तल्लाबाट हाम फालेका थिए । प्रहरीको प्रभाम्भिक अनुसान्धनबाट उनीहरूबीत पहिलेदेखि नै अनैतिक सम्बन्ध थियो । उनीहरू एउटै भवनमा बस्दैँ आएका थिए । प्रहरीको अनुसार जेजे कोलोनी घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आ’पत्तिजनक अवस्थामा भेटेका थिए ।

उनीहरूले घरको ढोका बन्द गर्न पनि भुलेका थिए । त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । भारतिय प्रहरी डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरेकी थिइन् । तर उनलाई अरूले नसा काट्न भने दिएनन् ।

यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृ त घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे । पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको छ ।

यो पनि पढ्नुहोस : छोरीको बिहेमा आमा तरुनी देखिएपछि…

छोरीको बिहेको माहोल छ। कोभन्दा को कम हुनै प¥यो। त्यसमाथि आहान नै छ, ‘छोरीभन्दा आमा तरुनी देखिनुपर्छ।’ कहिलेकाहीँ सुन्दर देखिने लोभमा त्यसले उल्टै दुलाहा र उनको जोरीपारीलाई टिप्पणी गर्ने ठाउँ हुनसक्छ तर छोरीको बिहे हो, अरुलाई के मतलब ? बेलायतको मिरर पत्रिकाले हालै यसबारे खबर प्रकाशित गरेको छ।

भयो के भने छोरीको बिहेमा आफू पनि मस्त तरुनी देखिनु प-यो भनेर दुलहीकी आमाले एउटा बिहेको पहिरन अनलाइनबाट किनिन्। अब कुनै पसलमा किनेको भए पो, बेच्न बसेकाले सुहायो या सुहाएन भनेर प्रतिक्रिया दिन्थे र मन पनि तुरुन्तै परिवर्तन हुन्थ्यो !

अनलाइनबाट किनेपछि त्यो परीक्षणको कुरा पनि भएन, उनलाई सुझाव दिनेहरु पनि कोही भएनन्। त्यसैले त्यो पहिरन लगाएर उनी बिहेको दिन पुगिन्। पहिरन कस्तो भने, छातिको भाग चिरिएको !

बिहे हुने बेलामा अन्तिम अवस्थामा मात्र दुलहीकी आमालाई यस पहिरनको गम्भीरता बुझिन् तर अन्तिम अवस्थामा अर्को पहिरन, कहाँबाट कसरी ल्याउनु ? त्यसैले त्यही लगाएर गइन्।

अब फसाद के प-यो भने दुलहीलाई भन्दा पनि दुलहीकी आमाको छातितिर सबैले नजर दौडाउन थाले ! जब दुलहीकी आमाले तस्बिर फेसबुकमा हालिन्, धेरैले मजाक उडाउन थालिहाले।

धन्न, फेसबुकमा मजाक बनाएकी आमाको पक्ष लिएर दुलहीले आफूलाई ड्रेस राम्रो लागेको भनी लेखिन्। अब आमा छोरी नै भएर बचाउमा लागिसकेपछि टिप्पणीकर्ताहरु पनि ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ मान्दै चुपचाप हुन थाले।
त्यसो त हतपतको काम लतपत त्यसै भनिएको होइन !

प्रतिक्रिया दिनुहोस