खुसी अरुले ल्याइदिने होइन, प्रत्येक व्यक्तिले आफ्नो खुसी आफै खोज्ने हो

खुसी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । चाहना र खुसी जोडिएको छ । हामी कस्तो हुन चाहन्छौँ भन्ने कुराले हाम्रो खुसी निर्देशित हुन्छ । त्यसकारण खुसी भनेको एक प्रकारको दृष्टिकोण हो । जसले आफूलाई सन्तुष्ट लाग्ने कुराहरु खोज्न अभिप्ररित गर्दछ । खुसी र दृष्टिकोण एकआपसमा जोडिएको छ । दृष्टिकोणले खुसी दिने हो । खुसी एउटा यस्तो दृष्टिकोण हो जसले हामीलाई सन्तुष्ट दिन्छ ।

खुसी हुनको लागि कस्तो दृष्टिकोण बनाउनुपर्छ ?

पहिले आफू के चिजले खुसी होइन्छ, त्यो थाहा पाउनुप-यो। धेरै मानिसलाई खुसीको कारण के हो र के कुराले खुसी दिन्छ भन्ने कुरा नै थाहा छैन । आफू के कारणले खुसी हुन्छु भन्ने कुरा थाहा पाउनुपर्छ । त्यहाँबाट खुसी सुरु हुन्छ । मानिस आफूभित्रको खुसी थाहा नपाई बाहिर बाहिर खोज्दै हिँड्छ । अरुले जे भन्यो, त्यही कुरामा खुसी खोज्न थाल्छन् मानिसहरु । अरुले दिएको कुराले खुसी दिन सक्दैन । खुसी आफैंले सिर्जना गर्नुपर्छ ।

खुसी सकारात्मक मात्र हुन्छ कि नकारात्मक पनि हुन्छ ?

सी सकारात्मक मात्र हुन्छ कि नकारात्मक पनि हुन्छ ?नकारात्मकको परिभाषा नै एकदमै अचम्मको छ । खुसी सापेक्षित हुन्छ । नकारात्मक कुराले पनि कहिलेकाहीँ खुसी दिन सक्छ । कुनै अवस्थामा नकारात्मक हुँदा पनि खुसी प्राप्त हुन्छ ।

खुसी विशुद्ध मानसिक भोगाइको प्रतिबिम्बन मात्र हो कि यसको भौतिक अस्तित्व पनि हुन्छ ?

मानसिक र भौतिकभन्दा पनि खुसी मूलतः दृष्टिकोण हो । त्यो दृष्टिकोण भन्ने बित्तिकै मानसिकसँग सम्बन्धित हुन्छ । भौतिक कुराले खासै फरक हँुदैन । यो नितान्त मानसिक हो ।

आम नेपालीलाई हेर्दा तपाईले कत्तिको खुसी देख्नुहुन्छ ?

खुसीभन्दा पनि धेरै दुःखको कारण खोजिरहेका हुनाले हामी दुःखी छौँ । हाम्रो देशमा धेरै राम्रा कुरा छन् । तर ती कुरालाई नदेखेर नराम्रा कुराप्रति मात्र हाम्रो चासोको विषय रह्यो । त्यसले गर्दा हामीले आफै आफ्नो दुःख खोजिरहेका छौँ ।
खुसीभन्दा पनि धेरै दुःखको कारण खोजिरहेका हुनाले हामी दुःखी छौँ । हाम्रो देशमा धेरै राम्रा कुरा छन् । तर ती कुरालाई नदेखेर नराम्रा कुराप्रति मात्र हाम्रो चासोको विषय रह्यो । त्यसले गर्दा हामीले आफै आफ्नो दुःख खोजिरहेका छौँ । कसले के नराम्रो गर्याे भनेर खोज्दै हिँड्ने हाम्रो बानी छ । त्यो भनेको दुःखको स्रोत हो । त्यसले गर्दा सामाजिक, आर्थिक, राजनीतिक परिवेशभन्दा पनि नकारात्मक कुरा खोजेको कारणले हामी दुःखी भएका हौँ । स्वभावले हामी एकदम खुसी हुन जान्ने मानिस हाँै ।

विश्व खुसी सूचाङ्कमा नेपाल १०१ औं स्थानमा छ । यसको कारण नेपाली दुःखी नै छन् भन्ने हो ?

खुसीलालाई मूल्याङ्कन गर्ने विभिन्न तरिकाहरु छन् । उक्त अध्ययनको कुन साइजको नमूना थियो र कुन ठाउँमा गरिएको भन्ने पनि प्रश्न हो । नेपाल भौगोलिक, सांस्कृतिक रुपमा धेरै विविधता भएको देश हो । हाम्रो देशमा जस्तो विविधता संसारमा कतै छैन । त्यसकारण त्यो रिपोर्टले नेपाललाई प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन ।

नेपालीहरु के के कारणले खुसी छन् ?

नेपाली समाज जे छ, त्यो पारिवारिक संरचनामा छ । नातासम्बन्धलाई महत्त्व दिने संस्कृति छ हाम्रो । आफ्नो वंश र नातासम्बन्धमा असफलता हुँदा पनि हामी खुसी हुन सक्छौँ । एक अर्काको संस्कृतिलाई एकदमै सह्राउने खालको छ हाम्रो संस्कृति । हाम्रो बस्ती विविधतायुक्त छ । अरुको घरमा खुसी हुँदा पनि खुसी हुन जान्ने संस्कृति हो । त्यसकारण नेपालमात्र एउटा यस्तो समाज हो, जहाँ खुसीहरु जोडिएका छन् । कसैको घरमा दुःख पर्याे भने आफ्नै घरमा भएको जस्तो गर्छन् र ठान्छन् नेपालीहरु । संसारमा धेरै खुसी हुने कारण कुनै जातीमा छ भने त्यो नेपाली जातीमा छ । कतिपय देशमा खुसी हुनको लागि ठूलो उपलब्धि चाहिन्छ । हामी नेपालीहरु सानो सानो उपलब्धिमा पनि एकदमै खुसी भइरहेका हुन्छौँ । त्यसकारण हामीसँग खुसी हुने कारण धेरै छन् । एकपटक सबै नेपालीले दृष्टिकोण मात्र परिवर्तन गर्याै भने हामीभन्दा यो धर्तीमा सुखी अरु कोही छैन ।

दुःख हुने कारण हामी आफै खोजिरहेका छौँ भन्नुभयो । त्यो निराकरण गर्ने उपाय के होला ?

खुसीका कारणहरु खोज्यौँ भने दुःखका कारणहरु हामीलाई आवश्यक नै पर्दैन । दुःखका कारणले जहिले पनि दुःख नै दिन्छन् । कहिले पनि खुसी दिँदैन ।
पहिलो कुरा त खुसीमा ध्यान केन्द्रित गर्ने । खुसीका कारणहरु खोज्यौँ भने दुःखका कारणहरु हामीलाई आवश्यक नै पर्दैन । दुःखका कारणले जहिले पनि दुःख नै दिन्छन् । कहिले पनि खुसी दिँदैन । हाम्रो नेपालीको मार्गनिर्देशक सिद्धान्त शास्त्रीय मनोविज्ञान हो । त्यसले ‘सफलता नै सफलताको जननी हो’ भन्छ । आज सकारात्मक मनोविज्ञानको जमाना हो । असफलताबाट मानिसले सिक्न सक्दैन । सिक्ने सफलताबाटै हुन्छ । त्यसकारण त्यो पुराना कन्सेप्ट परिवर्तन नहोउन्जेल हामीले खुसीका काारण खोज्न सक्दैनौँ ।

असफलताको मात्रा हुन्छ । यदि जीवन सफलता हो भने मरण असफलता हो । जीवन सय प्रतिशत हो भने मरण सुन्य प्रतिशत हो । एक प्रतिशत जीवन हुन्जेल पनि त्यहाँ सफलता हुन्छ । वास्तवमा हामीले सिक्ने भनेको बाँकी रहेको त्यही एक प्रतिशतबाट हो । जब मानिस जीवन र मरणको दोसाँधमा हुन्छ हामीले आइसियुमा लगेका हुन्छौँ । त्यतिखेर पनि त्यहाँ सफलता भएको कारणले लगिएको हो ।

अभ्यासमा हामीले सफलताबाट सिकिरहेका हुन्छौँ तर हामीले भन्दा ‘असफलता नै सफलताको जननी हो’ भन्छाँै । त्यो भनाइले असफलता हुने मानिसलाई बारम्बार छुट दिइरहेको छ । त्यसकारण हामी असफल भए पनि हामी क्षमा दिने हाम्रो संस्कार रहेको छ । कुनै बच्चाहरुले थोरै नम्बर ल्याए भने पनि हामीले उसले किन धेरै ल्याउन सकेनौँ खोज्दैनौँ कि किन थोरै ल्यायो भनेर खोज्न थाल्छौँ । असफलतातिर हामी केन्द्रित हुन्छौँ ।

राजनीतिक पार्टीले गर्ने काममा हामी राम्रोभन्दा नराम्रो कामतिर रुमलिरहेका छौं। राम्रो कामतिर त हाम्रो ध्यान नै जाँदैन । त्यसले गर्दा हाम्रो सम्पूर्ण समाजलाई नै यथास्थितिमा राखिदियो । यदि सफलता नै सफलताको जननी भन्ने हुन्थ्यो तपाईले कुनै पनि कुरालाई सफलताको कसीबाट हेर्नुहुन्थ्यो । हामी सबैले त्यही कसबिाट हेर्न थाल्थ्यौँ । हामी किन असफल भयौँ भनेर असफलताका कारणहरु खोज्छौँ । जसले गर्दा सफलताका कारण छलफलमै आउँदैनन् ।

हामीले सफलताका कारण खोज्यौँ भने सफलता बढ्छ, असफलताका कारण खोज्यौँ भने असफलता बढ्छ । हामीले जसरी सोच्छौं, हाम्रो ब्रेनको भाषा र हाम्रो बोलीचालीको भाषा फरक छ । नेपाल किन गरिब छ भनेर लेखिदिनुभयो र त्यस्तै फोटो राखिदिनुभयो भने आम जनताले गरिबीका कारण मात्र खोज्छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस