यिनहुन् संसारकै बिचित्रको मानिस, जसको टाउकोमा दुइतिर अनुहार

एजेन्सी । बेलायतमा एकजना यस्ता ब्यक्ति थिए जसको टाउकोमा दुईतिर नै अनुहार थियो । एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्कोतिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो । भनौं उनी संसारकै एक यस्ता ब्यक्ति थिए जसको दुईवटा मुहार थियो । टाउको यस्तो थियो कि अगाडीको भागमा पनि अनुहार र पछाडीको भागमा पनि अनुहार नै थियो ।

ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन् । जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो । उनको जन्मजात नै दुई अनुहार लिएर जन्मिएका थिए । मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो ।

मोर्दकै को दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे । कतिपयले त उनलाई राक्षस समेत भने । शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन् । तर उनले त्यसो गरेनन् ।

उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित थिए । जसका कारण २३ वर्षको उमेरमा नै देह त्याग गरे । उनको निधन अल्पआयुमै भएपनि उनलाई देखेकाहरुले भने अझै पनि उनको स्मरण गरिरहन्छन् ।

महिलाको आँसु पुछ्ने पुरुष जागीरका लागि खोजी

जापानको एक कम्पनिले पुरुषको लागी अचम्मको जागिर दिने भएको छ । महिलाको आँखामा आएको आँशु पुछिदिने कामका लागि जागिर दिन पुरुषको खोजी भएको हो । एउटी महिला थाकेको समयमा एउटा स्मार्ट पुरुषले महिलाको आँखामा भएको आँसु पुछेर सेवा गर्ने पुरुषको खोजी गरिएको सो कम्पनीले जनाएको छ । ग

जापानको राँकेट इंक कम्पनीले यस्तो नयाँ तरिका ल्याएको हो । उक्त तरिकाका कारण अहिले सो कम्पनीको नाम चर्चामा आएको छ । उक्त कम्पनिमा नियुक्ती लिने पुरुषले महिलाको आँखाको आँसु पुछिदिनुपर्ने छ । यो कम्पनीका फाउन्डर हिरोकी तेराईले थाकेको महिलालाई आँसु पुछिदिने पुरुष भए बढी आनन्द महसुस हुने बताएकी छिन् ।

उनले आफ्ना महिला कर्मचारीहरुलाई सुन्दर पुरुषले रुमाल समातेर सेवा गरिरहेदा खुशी लाग्ने बताएकी छिन् । काम गर्दा थाकेर महिलाहरु बाथरुममा गई रुने गरेका कारण काम नै प्रभावित हने भएकाले बोर्ड निर्देशकले यस्तो किसिमको कार्यक्रमको योजना ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस