४४४ केजी तौल भएका २७ वर्षीय युवक श्रीमतीको खोजीमा, वजन १०० किलो हुनुपर्ने !

एजेन्सी । पाकिस्तानका एक युवकलाई कम्तिमा १०० किलो तौल भएको श्रीमती आवश्यकता परेको छ । उनको वजन नै यति धेरै छ की उनले आफुलाई सुहाउँदो जोडी खोजेका हुन् । पाकिस्तानी वेटलिफ्टर अरबाब खिजर हयातले आमाबुवाको नातीनातिना खेलाउने रहर पुरा गरिदिन विवाह गर्न लागेको जनाएका छन् । उनका लागि विवाहको प्रस्ताव भने नआएको होइन । उनले वजन नमिलेका कारण ३ सय वटा विवाहको प्रस्ताव अस्विकार गरेका छन् । आफ्नो शरीरसँग मिल्ने श्रीमतीको खोजी रहेको पाकिस्तानका समाचार माध्यमले जनाएका छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्दै आएका २७ वर्षीया हयातको तौल ४४४ केजी रहेको छ ।

कम्तीमा पनि सय किलो तौल भएकी श्रीमतीको खोजीमा जुटेका हयातले वजन नमिलेकै कारण तीन सय विवाहका प्रस्ताव अस्वीकार गरेको जनाएका छन् । हयातका परिवारले समेत हुनेवाला बुहारीको वजन १०० किलो हुनुपर्ने बताएका छन् ।

६ फिट ६ इन्च उचाई भएका हयातका परिवारका अनुसार बुहारीको उचाई समेत ६ फिट चार इन्च हुनुपर्ने जनाएका छन् । हयातले आफ्नो कुनै स्वास्थ्य समस्या नभएको र विवाहको लागि त्यस्तै युवती खोजेको बताएका छन् ।

विश्वकै शक्तिशाली व्यक्तिको रेर्कड बनाउन आफूले वजन बढाउन सुरु गरेको हयातले जनाएका छन् । वजन बढाउनका लागि हयातले दैनिक हजार क्यालोरी भएको खाना खाने गरेका छन् । त्यसका लागि उनले दैनिक ३६ वटा त अण्डा मात्रै खाने गरेका छन् ।

हयातको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई धेरै मानिसले चिन्न थालेका छन् । उक्त भिडियोमा उनले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेका छन् ।

प्रतिक्रिया दिनुहोस