छोरा नभएपछि चितामा राखिएको श्रीमान‍्को पार्थिव शरीरलाई पत्नीले दिइन् दागबत्ती, पाँच छोरीले काँधमा लगेर मसानघाट

धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृत्युपछि चितामा दागबत्ती दिएकी छन् । त्यस्तै उनका पाँच छोरीले बाबुको निधन पछि काँधमा बोकेर शवलाई मसानघाटसम्म लगेका छन् ।

जेठी नेतुर देवी यादव, माहिली राजोदेवी यादव, साहिली प्रमिलादेवी यादव, काइली अनितादेवी यादव र कान्छी गोर्की यादवले बुवाको शवलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको मसानघाटसम्म काँधमा बोकेर लगेका हुन् ।

६५ वर्षीय रामनारायण यादवको निधन ६२ वर्षीया पत्नी रवियादेवी यादवले दागबत्ती दिएकी थिइन् ।छोरा नभएका कारण रामनारायणको शव छोरीहरुले बोकेर घाटसम्म लगेका हुन् भने दागबत्ती पत्नीले दिएकी हुन् । यादबका छोरी र पत्नीले गरेको यो कार्यले अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस