काठमाडौं। बलिउडकी कलाकार जरिना रोसन खानको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ।
असमायिक निधनले खान परिवार निकै दुःखी छ। ।
जरिना रोसन खानको ५४ वर्षको उमेरमा निधन भएको हो । ह्दयघातको कारणले उनको निधन भएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।
उनको निधनले बलिउड शोकमा डुबेको हो । अन्तिम समय उनी कुमकुम भाग्यमा अभिषेक र प्रज्ञाको दादीको भुमिकाबाट चर्चामा आएकी थिइन् ।
उनको निधनमा कुमकुम भाग्यका कलाकारहरुले दुख व्यक्त्त गरिरहेका छन् ।
https://www.instagram.com/p/CGfbKwpJp1A/?utm_source=ig_embed
https://www.instagram.com/p/CGfcxd-B5gN/?utm_source=ig_embed
सडकबाट उदाएकी रेणु फेरि सडकमै पुगिन् !
पश्चिम बंगालको राणघाट स्टेशनमा लता मंगेशकरको गीत गाएर रातारात स्टार बनेकी थिइन् ।
उनको जीवनमा धेरै परिवर्तन आयो । सडकबाट महलमा पुगेकी रानु मण्डलले गाएका हरेक गीत भाइरल भयो ।
तर अब लाग्छ, उनको अवाजलाई मानिसहरुलदे चिन्नै छाडेका छन् । सन् २०१९ नोबेमबरमा हिमेश रेशमियासँग रानुले तीन गीत रेकर्ड गराइन् ।
योसँगै चुलिएको रानुको चर्चा अब सेलाएको छ । कोरोना भाक्ष्रस महामारीको कारण उनले मुम्बईमा कुनै काम पाएकी छैन ।
जसको कारण उनी बिगतको जीवनमा जान बाध्य भइरहेको भारतीय मिडियाले जनाएको छ ।
गीत हिट भएसँगै आफ्नो पुरानो घर छोडेर नयाँ घरमा गएकी रानु फेरी पुरानै घरमा फर्केकी छन् ।
आर्थिक संकटमा परेकी उनी कामको खोजीमा भौतारिदै गरेको भारतीय मिडियाले जनाएको छ ।