घरमा माउसुली देखियो भने देखिने यस्ता संकेत जुन हामी सबैले बेवास्ता गरिरहेका छौ,जान्नुहोस हजुरको घरको मौसुलीले के संकेत दिदै छ?

कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन् । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन। नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस राेगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ ।दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

शरीरको कुन अंगमा खस्दा के फल ? टाउको: सम्पत्ति पाइने सम्भावना,कपाल: मृत्युको बेला भएको संकेत ,दाहिने कान: गरगहना प्राप्ति,देब्रे कान: आयु वृद्धि।नाक: भाग्योदय,मुख: मीठो भोजन,दाहिने गाला: उमेर बढ्ने,देब्रे गाला: पुरानो साथी भेट,गर्दन: यशप्राप्ति,दाह्री: डरलाग्दो घटना,जुँगा: सम्मान प्राप्ति,आँखीभौं: धनहानि,दाहिने आँखा: कुनै मित्रसँग भेट,देब्रे आँखा: छिट्टै धनहानि,घाँटी: शत्रुनाश,दाहिने काँध: विजय प्राप्ति,देब्रे काँध: नयाँ शत्रु बन्ने,दाहिने हात: धनलाभ देब्रे

हात: सम्पत्ति नाश,दाहिने हत्केला: कपडा पाइन्छ,देब्रे हत्केला: धन नाश,दाहिने छाती: धेरै खुशी,देब्रे,छाती: घरमा क्लेश,कमरको बीचमा: आर्थिक लाभ,पिठ्युँको दाहिने भाग: सुख,पिठ्युँको देब्रे भाग: रोग,पिठ्युँको बीच भाग: घरमा कलह,नाभि: मनोकामना पूर्ण,दाहिने जाँघ: सुख,देब्रे,जाँघ: शारीरिक पीडा,दाहिने घुँडो: यात्रा,देब्रे घुँडो: बुद्धिनाश,दाहिने गोडो: ऐश्वर्य प्राप्ति,देब्रे गोडो: बिरामी,दाहिने पाइतालो: श्रीप्राप्ति,देब्रे पाइतालो: व्यापार हानि

प्रतिक्रिया दिनुहोस