मधेशका जिल्लाहरूको भ्रमण गरेर फर्किएका बाबुराम दम्पत्तिमा कोरोना पुष्टि

काठमाडौँ, ८ कात्तिक । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र उहाँकी श्रीमती हिसिला यमीलाई कोरोना पुष्टि भएको छ ।

केही दिन अघिमात्र मधेशका जिललाहरुको भ्रमण गरेर फर्किएका दम्पत्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफू र श्रीमति हिसिलामा कोरोना पुष्टि भएको छ, भट्टराईले सामाजिक सञ्जालमा लेखनुभएको छ ।

चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेको डा. भट्टराईले जानकारी दिनुभयो । भट्टराई दम्पत्ति मधेशमा पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी भएर हालै मात्र काठमाडौँ फर्किनु भएको हो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस