यो कुकुर जसले बाघको पनि काम गर्न सक्छ, सत्य थाहाँ पाउँदा सबैको होस उड्यो

काठमाडौं । नेपालमा मात्रै होईन छिमेकी मुलुक भारतमा पनि बाँदरले किसानहरुलाई हैरान पारेका छन् । नेपालमा त अहिले जस्ले बाँदर धपाउँछ उसैलाई भोट दिन्छौ भन्ने जनताहरु पनि आइसकेका छन् । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गर्छन । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउदै आएको छ ।

नेपालमा प्रचलनमा रहेको तरिका भनेको खेतबारीमा मान्छेको आकृति भएका नमुनाहरु राख्ने गरिन्छ । तर बाँदरबाट आजित भारतको कर्नाटकका एकजना किसानले बाँदर थपकाउन लगाएको उपाय सबैका लागि अनौठे हुनसक्छ । ती किसानले बाँदरबाट आफ्नो अन्न बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएको खबर अहिले बाहिर आएको छ ।

यहाँ कुरा उठ्न सक्छ कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ रु तर ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिए । जसकारण त्यो कुकुर हेर्दा ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम पनि गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छन् ।

कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएको उनी बताउँछन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । यसको प्रतिकृयामा कुकुर भुक्यो भने के हुन्छ रु भन्दै जिज्ञासा राखिएको छ । मानिसहरुले बाघकोजस्तै गर्जन भएको कए स्पीकर लगाउनुपर्ने सुझाव पनि दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस