यसकारण नायिका ऐश्वर्या रायले पुरा गर्न सकिनन् आफ्नो पढ्ने सपना ! जान्नुहोस् उनका १० रहस्य

एजेन्सी । पूर्व विश्व सुन्दरी , नायिका तथा वच्चन परिवारकी बुहारी समेत रहेकी नायिका ऐश्वर्या राय बच्चन देख्दा र फिल्ममा काम गर्दा उनले धेरै नै पढेको महशुस हुन्छ । तर यि नायिका प्लस टु मात्रै पास भएकी नायिका हुन् । आफ्नो स्नातकको पढाई जय हिन्द कलेजबाट गरिरहेकी उनी आर्किटेक्चर बन्न चाहन्थिन् ।

तर समय र परिस्थितीका कारण उनले पढाईलाई पुरा गर्न असमर्थ बनिन् । कारण थियो उनको कलामोह । त्यसअघि कलेजको पढाईलाई बिचमा नै छोडेर उनी आर्किटेक्चर पढ्न गएपछि उनको पढाईमा पूर्ण बिराम लाग्दै गयो ।

कारण थियो उनलाई एकपछि अर्को गर्दै मोडलिङ र फिल्ममा आउने अफर । आर्किटेक्ट बन्ने सपनालाई बिचमा नै छोडेर उनले बलिउडमा आफ्नो यात्रा तय गरेपछि उनी अहिले स्थापीत बलीउड कलाकारको रुपमा काम गरिरहेकी छिन् । फिल्म उद्योगमा उनलाई अहिले पनि सम्मानीत कलाकारका आँखाले हेर्ने गरिन्छ ।

१ नोभेम्बर सन् १९७३ मा जन्मिएकी ऐश्वर्याले मोडलिङवाट करिअर सुरु गरेकी थिईन् ।

उनका बुबा कृष्णराज मरिन बायोलोजिस्ट हुन् भने आमा बृन्दा र भाई आदित्य राय छन् । पछिल्लो समय ‘जज्बा’ मा अभिनय गरेकी ऐश्वर्याले सन् १९९४ मा ‘मिस वल्ड’को उपाधी जितेकी थिईन् ।

रमाईलो प्रसंग सन् १९९४ मा जब ऐश्वर्या मिस वल्ड भईन्, ईभेन्ट होष्टले उनलाई डेटिङको प्रस्ताव राखे तर उनले मानिनन् । कुनै समय सलमान खानसँग नाम जोडिएकी ऐश्वर्यालाई ‘गुरु’को सुटिङ गर्दै गर्दा अभिषेक बच्चनले प्रेम प्रस्ताव राखेका थिए ।

सन् २००७ मा उनीहरुको बिबाह भएको थियो । अहिले उनीहरुको एक छोरी आराध्या छिन् । उनका केही रहस्य यस्ता छन्ः

१. ऐश्वर्या बचपनमा एक आर्किटेक्ट बन्न चाहन्थिन् । उनी असल विद्यार्थी पनि हुन् । अहिले पनि उनी पढ्नमा सौखिन छिन् । इतिहाससँग सम्बन्धित पुस्तकमा उनको विषेश रुची छ ।

२. कक्षा नौमा पढ्दै गर्दा उनलाई क्यामलिन पेन्सिलको विज्ञापनमा काम गर्ने प्रस्ताव आएको थियो । यही विज्ञापनमा काम गरेपछि उनको अभिनय यात्रा सुरु भएको थियो ।

३. अहिलेसम्म १७ हजार वेभसाईट ऐश्वर्या रायको नाममा बनेको छ । यो मध्ये एउटा मात्रै उनको साईट हो ।

४. मोडलिङमा प्रवेश गरेकी ऐश्वर्याले सन् १९९१ मा सुपरमोडल कन्टेस्ट जितेकी थिईन् । फोर्डद्धारा आयोजित यस कन्टेस्ट जितेपछि ऐश्वर्याले वोग म्यागजिनको अमेरिकन एडिशनमा मौका पाएकी थिईन् ।

५. सन् १९९३ मा नायक आमिर खानसँग उनले पेप्सीको विज्ञापनमा मोडलिङ गरेकी थिईन् । सन १९९४ मा मिस वल्डको उपाधी जितेपछि उनको दुनियाँ बदलिएको थियो ।

६. उनी असाध्यै थोरै खानेकुरा खान्छिन् । उनको सबै भन्दा मिल्ने साथी प्रीति जिन्टा हुन् । तर, आजसम्म उनीहरुले एउटै चलचित्र खेलेका छैनन् ।

७. सन् २००३ मा ‘खाकी’ को सुटिङमा ऐश्वर्या दु’र्घटनामा परेकी थिईन् ।

८. ‘दिवार’ उनको सबै भन्दा मन पर्ने चलचित्र हो । यस चलचित्रमा उनका सुसरा अमिताभ बच्चनले मुख्य भुमिका निर्वाह गरेका छन् ।

९. हलिउड नायक ब्राड पिटको चर्चित चलचित्र ‘ट्राय’ मा नायिकाका प्रस्ताव ऐश्वर्यालाई गरिएको थियो । तर, ऐश्वर्याले उक्त प्रस्ताव अस्विकार गरेकी थिईन् ।

१०. उनी भारतको पहिलो नायिका हुन्, जसको स्ट्याचु लण्डनको तुषाद म्युजियममा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस