मोबाइल फोन पानीमा खस्यो, अब के गर्ने के नगर्ने ?

काठमाडौँ। पछिल्लो दशक अधिकांशको हातमा स्मार्ट मोबाइल फोन हुने गरेको छ । सामान्यदेखि लाखौं मूल्य पर्ने स्मार्ट मोबाइल फोनको प्रयोगसँगै यसको सुरक्षाको चिन्ता पनि बढाएको छ । विश्वभरका सूचना यतिबेला मानिसले आफ्नो हातमा भएको मोबाइल फोनमा एक क्लिक गरेको भरमा थाहा पाउन सक्छन्।

यसको आवश्यकताको महसुस समाजमा निकै बढि गराएको छ । यसर्थ जसरी पनि स्मार्ट फोन बोक्नु उद्देश्य बनिसकेको छ । भए खाने वर्गले पनि दुई चार पैसा बचत गरेर स्मार्ट फोन किन्ने गरेका छन् । यसरी किनिएका स्मार्ट मोबाइल फोन कहिले काहीँ पानीमा खस्न वा भिज्न सक्छ। यस्तो अवस्थामा के गर्ने र के नगर्नेबारे यहाँ जानकारी दिन खोजिएको हो ।

१. फोन भिजेको वा पानीमा खसेको अवस्थामा पहिले फोनलाई स्विच अफ गर्नुहोस् र पानीमा खस्दा पनि फोन सकृय छ भने कुनै पनि बटन नथिच्नुहोस र फोनलाई खोल्ने कोशिश नगर्नुहोस्। यस्तो अवस्थामा फोन सर्ट सर्किट हुन सक्छ।

२. यदि तपाईंसँग पुरानो फोन छ, जसबाट ब्याट्री झिक्ने सुविधा छ भने, फोनको ब्याट्री, मेमोरी कार्ड र सिम कार्डलाई बिस्तारै निकाल्नुहोस् । यदि फोनमा ब्याट्री निकाल्ने सुविधा छैन भने फोन सर्ट सर्किट हुने खतरामा रहने छ। निकालिएको ब्याट्री र फोनका अरु पार्ट्सहरुलाई फ्यानको मुनि वा हेयर ड्रायर ब्लोवरले सुकाउनुहोस। फोनमा देखिएको पानीका स साना थोपाहरुलाई सफा कपडा, कागज वा न्याप्किनले सफा गर्नुहोस्।

३. यदि ड्रायर वा ब्लोवर छैन भने यस्तो अवस्थामा फोनलाई सुख्खा चामल भित्र राख्नुहोस्, तर निश्चित गर्नुहोस् कि चामल हेडफोन ज्याकमा नपरोस् भनेर। फोनलाई चामलमा कम्तिमा २४ घण्टासम्म सुक्न छोडदिनुहोस्। यो एउटा फोन सुकाउने सबैभन्दा कुशल र सजिलो तरीका हो।

४. २४ घण्टा चामलमा राखेको फोनलाई बाहिर निकाल्नुहोस् र अन गर्नुहोस्। यदि अन भएन भने एकछिन् चार्जमा राख्नुहोस र फोनलाई चालु गर्ने कोशिस गर्नुहोस्। अझैपनि फोन अन भएन भने तुरुन्त मोबाइल मर्मत केन्द्रमा लैजानुहोस् ।

प्रतिक्रिया दिनुहोस