एक बर्षका बालकले जिउँदै सर्प निल्दै गरेको आमाले देखेपछि …

काठमाडौं। एक बालकले आफ्नो घरमा खेल्ने क्रममा सर्प निलेका छन् । एक बर्षका बालकले सर्प निलेको घटना पछिल्लो समय चर्चामा आएको छ । घरमा खेल्दा खेल्दै एक बर्षका बालकले जिउँदै सर्प मुखमा हालेको बताइएको छ ।

यो घटना भारत उत्तर प्रदेशको बरेली जिल्लाको हो । बालकले घरमा खेल्दाखेल्दै सर्प निलेको समाचार भारतिय मिडिया टाइम्स अफ इण्डियाले लेखेको छ । बरेलीको फतेहगंज पश्चिमी थानाक्षेत्र भोलापुरमा एक बर्षका बालकले जिउँदै सर्प निल्दै गर्दा उनकी आमाले देखेकी थिइन् ।

आमा देखे लगत्तै सर्पको पुच्छर समातेर बाहिर निकालेको बताइएको छ । शनिबार घरमै खेलिरहेको बेला बालकले सर्प टिपेर मुखमा राखेपछि बिस्तारै भित्र गएको थियो । आमाले देखे लगत्तै तुरुन्तै पुच्छर समातेर तानेकी हुन् ।

मुखबाट बाहिर निकाल्दा सर्प भने मरिसकेको र डाक्टरले पनि बालक ठिक रहेको बताएको भारतिय मिडियामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस