आधा घण्टासम्म वासिङ मेशीन भित्र फसेकी बालिकाको सुरक्षित उद्धार

एजेन्सी – साना बालबालिकालाई त्यसै बाहिर छाड्दा कहिलेकाही नसोचेको दुर्घटना हुने गर्छ । केही मिनेट नजरबाट हटाउदा पनि समस्यामा पर्न सकिने हुन्छ । यस्तै भारतमा पनि एक घटना घटेको छ । भारतको बैगलुरको एक गाउँमा एक बालिका वासिङ मेशीनमा नै फसेकी छिन् । एक ३ बर्षिय बालिका वासिङ मेशीनमा फसेपछि बुबाआमा निकै आत्तिए ।

उनीहरुले आत्तिएर वासिङ मेशीनको ढकन नै काटिदिए । काममा व्यस्त हुँदा बालिका मेशीनको ढकन खुल्ला भएको बेला भित्र पसेकी थिइन् । बालिकालाई मेशिनबाट बाहिर निकाल्न धेरै प्रयास गरेपनि नसकिएपछि मेशीनको ढकननै काटेर निकालेका हुन् । ती बालिका आधा घण्टासम्म वासिङ मेशीन भित्र थिइन् ।

प्रतिक्रिया दिनुहोस