शौचालय बनाउन जमिन खन्दै गर्दा ६ शताब्दीका सुनको सिक्का फेला

एजेन्सी – कहिलेकाही पुराना चिजहरु एक्कासी फेला पर्दा आश्चर्यमा परिन्छ । सोच्दै नसोचेमा चीज फेला पर्र्दा त निकै खुशी पनि लाग्छ । यस्तै भारतमा शौचालय बनाउने क्रममा सुनको सिक्का फेला परेको छ ।

भारतको छत्तीसगढको एक गाउँमा रहेको विद्यालयमा शौचालय बनाउन जमिन खन्दा सुनको सिक्का फेला परेको हो । उक्त सुनका सिक्का ५र६ शताब्दीका रहेको बताइएको छ । जमिन खन्दा सुनका ३ सिक्का फेला परेका हुन् ।

उक्त सिक्कामा गरुडको आकृति तथा शंख चक्र रहेको थियो । पुरातत्व विभागले सिक्काको निरिक्षण गर्दा ५र६ शताब्दीको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस