खानेकुरा कहिले नराख्नुहोस फ्रिजमा,पछी पछुतो होला

फ्रिजमा अण्डा राख्ने गर्नु भएको छ?ठुलो गल्ति गर्दै हुनुहुन्छ।यस्ता खानेकुरा कहिले नराख्नुहोस फ्रिजमा,पछी पछुतो होला

यी ७ खाद्यपदार्थलाई कहिल्यै फ्रिजमा राख्नुहुदैन :हामी सबै यही सोच्छौँ कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।

१. कफी”:कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्न जान्छ ।
२ .गोलभेँडा:फ्रिजमा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ ।३. प्याज: प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ । काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्नजान्छ ।

४. केरा:केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ । ५.मह:मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ । फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ ।६. खरबुजा:खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ । यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ । ७.लसुन: लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस