कुर्कुच्चा फुटेर सामन्या सोचेर नबसौ।तुरुन्तै यसरी गर्नुहोस घर मै उपचार

काठमाडौँ । जाडोका बेला हाम्रा शरीरका अनुहार, ओठ, हात, खुट्टा फुस्रो र नराम्रो हुन्छ । चिसोले हाम्रो शरीरको छाला फुट्ने गर्छ । धेरैको समस्या चाहिँ खुट्टा वा कुर्कुच्चा फुट्ने हुन्छ ।कुर्कुच्चा फुटेपछि दुख्ने मात्र होइन हेर्दा पनि साह्रै नराम्रो देखिन्छ । हुन त क्याल्सियमको कमीले पैताला वा कुर्कुच्चा फुट्छ भन्ने गरिएको छ ।

तर जाडोमा फुटेको कुर्कुच्चा घरमै बसेर पनि निको पार्न सकिन्छ ।पैताला फुटेमा घरमै यसको उपचार र स्याहार गर्न सकिन्छ । सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि तातोपानीले धोएको खुटलाई राम्रोसँग सफा तौलियाले ओसिलो बनाउनु पर्छ ।

त्यसपछि गुलाबजल, कागतीको रस र गिल्सरिन एउटा भाडामा राखेर मिसाउँने वा घोल्नुहोस् । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउनुहोस् । सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाएर सुत्नुहोस् ।भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्नुहोस् । यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कुर्कुच्चा तथा पैतला फुट्ने समस्या समाधान हुन्छ ।

प्रतिक्रिया दिनुहोस