वैज्ञानिकले भेटे सय वर्षसम्म बाँच्ने दुर्लभ जीव, सात वर्षदेखि हल्लिएको पनि छैन

दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर (स्थानीय नाम बेबी ड्र्यागन) भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन (७ वर्ष भन्दा बढी) समयदेखि हल्लिएको पनि छैन ।वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ ।

यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२.५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् । गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ । यहाँ स्यालामेन्डरको शरीरको अंश (डीएनए र इडीएनए) पानीमा घोलिएपछि बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस