मात्र मच्छडको टो’काइबाट भयो यस्तो हालत, जति गरेपनि कुनै डाक्टरले उपचार गर्नै सकेनन् !

काठमाडौ । मच्छडले हामी जो कोहीलाई कही न कतै टो’किनै रहेको हुन्छ । अझ नेपालको तराई भाग र काठमाडौ उपत्यकामा त झनै धेरै नै मच्छड लाग्ने गर्दछ । तर सोच्न सकिन्न की मच्छडले नै टो’क्दा खुट्टा हात्तिको भन्दापनि ठूलो भएर सुन्निन्छ ।

तर के गर्नु एक व्यक्तिलाई साँच्चैमा यस्तो भएको छ । आज हामी तपाइलाई एउटा यस्तो सत्य घटना सुनाउँदैछौ । जो कम्बोडियाको हो । जहाँ एक युवकलाई मच्छडको टो’काईबाट कसैलेपनि सोच्नै नसक्ने हविगत भएको छ । त्यहाँ अहिले २७ बर्ष पुगिसकेका एक युवकलाई धेरै पहिले मच्छडले टो’केको मात्र थाहा छ ।

त्यो बेला मच्छडको टो’काइ उनलाई हल्का महसुस मात्र भएको थियो । तर एकैछिनपछी मच्छडले टो’केको ठाउँबाट सुन्निन थाल्यो । खुट्टाको एक भागमा सानो मच्छडले टो’केको थियो । हल्का चिलायो र सुन्नि थालेको मलाई याद छ युवकले डाक्टरसँग बताए ।

तर सुरुमा त सामान्य लाग्यो । एकछिनमा ठिक होला भन्ने लाग्यो । तर केहिबेरपछि नै खुट्टा सुन्निदै सुन्निदै हात्तिको भन्दापनि ठूलो हुन लाग्यो । जीउभन्दापनि खुट्टा ठूलो हुन थालेछि उनी आत्तिए । घर परिवारपनि सबैजना आत्तिए । उनीहरु अस्पताल पुगे । तर डाक्टरले समस्या के हो पत्ता लगाउँन सकेनन् ।

यो उनीमाथी आएको समस्या केही बर्ष अघिदेखिको हो । अहिलेसम्मपनि उनलाई डाक्टरले कुनै समाधान दिन सकेका छैनन् । परिवारीक स्रोतका अनुसार उनको नामुद फुटबलर बन्ने सपना थियो । तर यो समस्या त उनी ६ बर्षको हुँदा देखि नै भएको हो उनका काकाले भने ।

उनी ६ बर्षको हुँदा हामीसँगै बसिरहेको बेला मच्छडले टो’केको मात्र थाहा छ । अरु घटना भएको केही हैन । त्यसपछि सुन्निन थालेको उनको खुट्टा यो हालत भएको छ । तर डाक्टरले कुनै समस्या पत्ता लगाउँन सकेका छैनन् । हामी चिन्तित छौ उनका बाबुले बताए ।

उनीहरुले यसलाई धेरै वटा अस्पतालमा देखाए । सुन्निएको भागमा सानो घाउ हुन थाल्यो । अब यो ट्यूमरमा परिणत भएको छ । उनीहरुले यी बाबुको उपचारका लागि लाखौँ खर्च गरिसकेका छन् । परिवारले उपचारबाटै घर जग्गापनि गुमाइसकेका छन् । जटिल ट्यूमरमा परिणत भएपछि अब छोराको जीवन नै जाने हो की उनीहरुमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस