नेपालगञ्जमा पत्याउनै नसकिने २९ लाखको जुवा: हारेपछि पत्निलाई नै दाउमा राखे

काठमाण्डौं। महाभारतमा जुवा खेल्दा एक् पक्षले पत्निलाई नै हारेको कथा पढिएकै हो। बाँके जिल्लामा पनि यस्तै एक घटना भएको प्रकाशमा आएको छ।

बाँकेका सिडियो राम बहादुर लिम्बुले फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन्। फेसबुकमा सिडियो, लिम्बु लेख्छन्, ‘बाँकेमा महाभारतकालको झल्को दिने जुवा हिजोको प्रहरी अपरेसन पछि बन्द हुने अपेक्षा गरेका छौ।

उक्त फेसबुक स्टाटसमा कमेन्ट गरेका एक प्रयोगकर्तालाई जवाफ दिँदै सिडियो लिम्बुले जुवाडे मध्ये एकले पत्निलाई पनि दाउमा राखेको जानकारी दिएका हुन्।

तर सिडियोले महाभारतको जुुवाको कुरा उठाएपनि जु वा डे मध्ये कस्ले र कसरी पत्नि खालमा राखेको बारे फेसबुकमा कुनै जानकारी भने दिएका छैनन् त्यसैले यस कुराको स्वतन्त्र रुपमा पुष्टी भने भै सकेको छैन।

बाँके प्रहरीले ठूलो जुवा खालमा छा पा मा रे र १० जनालाई पक्राउ गरेको थियो। नेपालगन्ज बसपार्कमा रहेको कृष्ण प्रसाद वलीको घरमा जुवा खेलिरहेको सुचना प्रहरीलाई पुगेको थियो।

त्यहाँ प्रहरी पुग्दा, नगद मात्र रु २९, लाख ४८ हजार ७ सय पाइएको थियो। यस सहित जुवा खेलिरहेका १० जना पक्राउ गरेको जानकारी दिएको छ।

जिल्ला र वडा प्रहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका व्यक्तिहरुलाई प्रचलित नियमानुसार कानुनी का’र’वा’ही हुने प्रहरीले जानकारी दिएको छ। ‘नेपाल भाइरल न्युज बाट साभार’

प्रतिक्रिया दिनुहोस