छोराको कुरामा बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँ’सु निस्कियो

छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन।

छोरा भन्छन् –

हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम लगेर राखिदि‍‌औं “त्यहाँ उहाँको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ भेट्न जाँदै गरौंला। छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँ’सु निस्किए।

बुहारीले भनिन् –

पैसा कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम हुन्छ “उहाँलाई पैसाभन्दा धेरै हाम्रो साथको जरुरत छ। यदि मैले जागीर गरिन भने पनि धेरै नोक्सान नहोला, म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ । याद गर्नुस्, बचपनमै तपाइँको बुवा बित्नुभयो, तपाइँकी आमाले निक्कै दु:ख कष्ट सहेर तपाइँको पालनपोषण गर्नुभयो, तपाइँलाई पढाउनु भयो लेखाउनु भयो, यत्तिको सक्षम बनाउनु भयो।

त्यतिबेला उहाँले तपाइँलाई कहिल्यै छिमेकीको भरोसामा छोड्नु भएन, कारण: तपाइँको हेरचाह उहाँ बाहेक अरु कसैले राम्रोसँग गर्न सक्दैन्थ्यो। र आज त्यही आमालाई तपाइँ यस्तो भन्दै हुनुहुन्छ ? तपाइँ जेसुकै भन्नुस्, तर आमा हाम्रो साथमै रहनुहुनेछ, सधैं, अन्तिम क्षण सम्म।

बुहारीको कुरा सुनेर आमा रुन थाल्छिन, र रुँदै पुजा कोठामा पुग्छिन, ईश्वरको अगाडि उभिएर आमाले बुहारीको आभार व्यक्त गर्दै भन्छिन- भगवान, तपाइँले मलाई छोरी दिनु भएन, यसकारण धेरैपटक मैले तपाइँको अपमान गरेकी थिएँ, तर.. आज यस्तो लक्ष्मी मेरो घरमा दिनुभयो “तपाइँको आभार कसरी प्रकट गरुँ ? लक्ष्मि जस्ती बुहारी पाएर मेरो जिन्दगी सफल भयो भगवान, धेरै धेरै धन्यवाद तपाइँलाई।

मोरल-

सबै बुहारीहरु सासुको विरुद्ध हुँदैनन्, कोहि समझदार पनि हुन्छन् “जसले आमाको महत्त्व बुझेको हुन्छन् “त्यस्ता बुहारीहरु लाई मेरो सलाम। महत्त्वपूर्ण मोरल- आमाले जुन गुन लगाएकी हुन्छिन्, त्यो कहिल्यै तिर्न सकिँदैन “आमाको माया, शितल ममताको छाँया अनि आमाले उठाएको दुख …त्यो अमुल्य अनि सदा अमर हुन्छ।”

(सेयर गरौँ र हजारौं आमालाई खुसि तुल्याउँ)
र यो पनि पढ्नुहोस्

सासू-बुहारीको सुमधुर सम्बन्धः पारिवारिक सुखको श्रोत
एउटा घतलाग्दो कथन छ, ‘यदि आमाबुवा छोरीहरुसँग रहने हो भने उनीहरुले वृद्धाश्रम जान पर्ने नै थिएन ।’ यसको जवाफ उत्तिकै घतलाग्दो छ, ‘यदि बुहारीहरुले छोरीकै जस्तो ममता, श्रद्धा दिने हो भने बुवाआमा बृद्धाश्रम जानै पर्ने थिएन ।’

अनर्थ नलगाउने हो भने यस भनाईबाट के बुझ्न सकिन्छ भने, न बुवाआमाका लागि छोरी फरक हुन्, न त बुहारी । केवल हाम्रो हेराई, सोचाई र बुझाई फरक हो ।

यही हिसाबले सासूलाई बुहारीले आफ्नै आमा ठान्ने र सासूले बुहारीलाई आफ्नै छोरी मान्ने हो भने, समस्या आउँदैन । यद्यपी हाम्रो पारिवारिक संरचनामा सासू र बुहारीबीच त्यती सुमधुर सम्बन्ध रहँदैन । जबकी घरको मियो भनेकै उनीहरु दुबै हुन् । सासू घर-परिवारका श्रद्धेय सदस्य हुन् । आस्थाकी पुञ्ज हुन् । सासूले नै हो, परिवारलाई एकढिक्का बनाएर राख्ने ।

त्यसैगरी बुहारी घरकी शोभा हुन् । बुहारी नै पारिवारिक सुखको मियो बन्न सक्छिन् ।

अर्थात, समग्र घरमा शान्ति, सुव्यवस्था, सुमधुर, सामिप्यता प्रदान गर्ने भनेकै सासू र बुहारी हुन् । दुबैको उपस्थितीमा घर वास्तवमै घरजस्तो हुन्छ ।

सासू-बुहारीबीच झग’डाः परिवारलाई झमेला
सासूबुहारीको सम्बन्धमा जब खटपट सुरु हुन्छ, घर त बिग्रन्छ नै दुई परिवार बीच गाँसिएको नाता पनि बिग्रन्छ । यसले परिवारका सबै सदस्यलाई मानसिक रुपमा तनाव पैदा गर्छ ।

हाम्रो वरपर समाजमा धेरै सासूबुहारी बीचमा मन’मुटाव भएको देख्न सकिन्छ । कतिपय स्थितीमा त यस्तो मन’मुटाव बढ्दै गएर यसले पारिवारिक कलहकै रुप पनि लिन्छ र अन्यमा छोरा बुहारी बीच नै सम्बन्ध’वि’च्छेद पनि हुने गर्छ ।

त्यसैले हामीले सासूबुहारी बीचको सम्बन्ध के साँच्चै तिक्ततापूर्ण नै हुनुपर्छ र भनेर सोच्नुपर्ने बेला आएको छ ? के सासूबुहारी बीचको सम्बन्ध आमाछोरीको जस्तो प्रगाढ बनाउन सकिँदैन ?

पक्कै पनि हरेक सासूबुहारीले एक अर्कालाई सम्मान र स्नेह गर्ने हो भने उनीहरु बीचको सम्बन्ध सुखद र आत्मिय हुन सक्छ ।

किन हुन्छ सासूबुहारी बीच झग’डा ?

सुरुमा समाजको सोंच यस्तो हुन्छ कि पारिवारिक झग’डाको मुख्य कारण पक्कै पनि सासूको नराम्रो व्यवहार होला । झगडिया वा अनावश्यक कुरामा हस्तक्षेप गर्ने खालकी सासू छिन् होला त्यसैले सासू बुहारी बीच सम्बन्ध राम्रो भएन होला भनेर धेरैले सोच्ने गर्छन् तर, सबै अवस्थामा यस्तो हुँदैन ।

अहिलेका बुहारीहरु शिक्षित र आत्मनिर्भर हुनाको साथै असहनशिल पनि हुन्छन् । बिहे गरेर आउनासाथै उनीहरु घरमा एडजस्ट हुन सक्दैनन् र परिवारका सदस्यहरुमाथि दोषारोपण गर्न सुरु गरिदिन्छन् । अहिलेको कानूनले पनि उनीहरुलाई अतिरिक्त सुरक्षा दिन्छ ।

नतिजास्वरुप धेरैजसो अवस्थामा सामञ्जस्यतामा थोरै कठिनाइ आउँदा पनि बुहारीले कानूनी बाटो अपनाउँछन् वा कानूनी उपचारको ध’म्की दिन्छन् । वर्षौं देखि सासूले शान्तिपूर्ण तरिकाले राम्रोसँग चलाएको घरमा आएर बुहारीले उनलाई छुच्ची सासूको दर्जा दिन्छिन् ।

सत्य त यो पनि हो कि धेरैजसो बुहारीहरु आफ्नो हक त माग्छन् तर कर्तव्य निभाउँदैनन् । सासूलाई सम्मान गर्न उनीहरुलाई आउँदैन । सानो कुरा पनि सहन सकदैनन् र बबाल मच्चाउन थाल्छन् । यसै कुरालाई लिएर उनीहरु पतिसँग झग’डा गर्न सुरु गर्छन् ।

यस्तोमा सासूको दिल त दुख्छ नै । सासूलाई पनि बुहारीको रबैया ठिक लाग्दैन र उनले बुहारीलाई कडा गरिदिन्छिन् । र, बुहारी पनि के कम सासूलाई नै हमला गर्न थाल्छन् ।

गल्ती कसको ?

गल्ती सँधै बुहारीको मात्रै पनि हुँदैन । वास्तवमा युवतीहरुलाई सानैदेखि सासू तिम्रो सबैभन्दा ठूलो दु’श्म’न हो भन्ने कुरा सिकाइन्छ । विवाह गरेर पतिको घरमा जानुभन्दा पहिले नै कडा सासूको डर उनीहरुको दिमागमा मनोवैज्ञानिक रुपले हावी हुन्छ ।

धेरै जसो सासूको गुनासो हुन्छ कि बुहारीले मुखमुखै लागेर जवाफ दिन्छन् । यस्तोमा झग’डा बढ्छ समस्या तब हुन्छ जब बुहारीका माइतीपक्षले बुहारीलाई समर्थन गरेर उनीहरुलाई भड्काउन थाल्छन् ।

धेरै जसो अवस्थामा जब बुहारीको माइतीले हस्तक्षेप गर्न थाल्छन् त्यहाँ वैवाहिक सम्बन्ध बर्बाद भएको पाइन्छ । युवतीका माइतीपक्ष उनको सपोर्टमा खडा हुन थालेपछि बुहारीले घरमा सानो कुरा पनि सहन तयार हुँदैनन् ।

यसको विपरित माइतीमा युवतीलाई आफ्नो घरमा सबैको ख्याल राख्ने, आफ्नो कर्तव्य निभाउन र सासुलाई सम्मान दिन सिकाएमा माया र स्नेह उनीहरुलाई आँफै मिल्छ ।

समस्या सासूमा पनि
धेरैजसो सासूहरु आफूले भनेको सबैकुरा बुहारीले मान्नुपर्छ भन्ने स्वभावका हुन्छन् । कहिलेकाँही उनीहरु पनि गलत हुन्छन् तर आफ्नो कमजोरी लुकाउन बुहारीलाई कराउँछन् ।

अझै पनि सासूहरुले बुहारीलाई अर्काकी छोरीको रुपमा व्यवहार गर्छन् र उनीहरुलाई सँधै दबाबमा राख्न खोज्छन् । यसै कारणले पनि धेरै घरमा सासूबुहारी बीचको सम्बन्ध राम्रो हुँदैन ।

अर्को समस्या धेरै सासूहरुले आफू बुहारी हुँदा आफ्नो सासूबाट धेरै प्रताडना झेलेका हुन्छन् त्यसैले बुहारीलाई दुःख दिएर हैकम चलाउनुपर्छ भन्ने मान्यता उनीहरुमा अझै पनि रहेको पाइन्छ ।

बुहारीले मनन गर्नैपर्ने कुरा
अहिलेका बुहारीहरु शिक्षित र धेरै कुरा बुझेका छन् त्यसैले उनीहरुले सासुलाई आफ्नो आमा सरह व्यवहार गर्नुपर्छ । बुहारी झग’डालु भएमा त्यसको पहिलो नकरात्मक प्रभाव परिवारमा पर्छ ।

घरमा झैझग’डा भैरहेमा वृद्धवृद्धा भइसकेका सासूससूरालाई मानसिक समस्याले सताउँछ, उनीहरुलाई विभिन्न रोगहरुले सताउन सक्छ । घरमा सासूबुहारी बीच झग’डा हुनाले समाजमा उनीहरुको यति बेइज्जती हुन्छ कि उनीहरु आफ्न्त छरछिमेक सबैसँग टाढा हुन खोज्छन् ।

धेरै महिलाहरुले सासूससूरासँग उनीहरुको खराब सम्बन्धले उनीहरुको जीवनमा गहिरो सन्ताप र दबाब पैदा गरेको कुरा स्विकार गर्छन् ।

सासूको छवि मिडिया र पुरानो सोच भएका मानिसहरुले नराम्रो बनाइदिएका छन् । उनीहरुलाई बुहारीको लागि दु’श्म’नको रुपमा प्रचारित गरिन्छ जुन एक महिलाको अधिकारहरुको लागि अन्याय हो ।

एक नयाँ अध्ययनको अनुसार महिलाहरु आफ्नो आमाद्धारा पनि हिंसाको शिकार हुन्छिन् तर यसमाथी उनीहरु ध्यान दिँदैनन् । तर, बाल्यकालमै युवतीहरुलाई सासूसँग घृणा गर्न सिकाइएको हुन्छ त्यसैले पतिको घर पुगेर उनीहरुले सासूलाई आफ्नो मुख्य दु’श्म’न सम्झिन थाल्छन् ।

यसरी बनाउन सकिन्छ सुमधुर सम्बन्ध
जब सासूले उनलाई छोरी भनेर मायालु तरिकाले बोलाउँछिन् त्यतिखेर बुहारीलाई धेरै राम्रो लाग्छ । सासूले आफ्ना बच्चालाई राम्रोसँग स्याहार गरिदिएमा, बुहारीलाई आफ्नो घरको हिस्सा सम्झिएमा, पतिसँग उनको सम्बन्धलाई मजबुत बनाउन सहयोग गरेमा बुहारीलाई राम्रो लाग्छ र सम्बन्ध सुमधुर हुन्छ ।

त्यस्तै सासूको अनावश्यक कुरामा सल्लाह दिने बानी, गाली गर्ने, कराउने बानी, स्वार्थी व्यवहार बुहारीलाई नराम्रो लाग्छ । सासूले आफ्नो बच्चासँगको नराम्रो व्यवहार गरेको पनि बुहारीले सहन सक्दिनन् ।

धेरैजसो बुहारीले नराम्रो त्यतिखेर महसुष गर्छन् जब सासूबुहारीको झग’डामा पतिले आफ्नो आमाको पक्ष लिन्छन् ।

र यो पनि पढ्नुहोस्

यसरी बन्न सकिन्छ सासुको प्यारी बुहारी
काठमाडौँ –पुरातन नेपाली समाजमा मात्र होइन भारतीय र पश्चिमा समाजमा पनि सासु बुहारीको बेमेल सामान्य कुरा थियो । तर अहिले त्यसमा परिवर्तन आएको छ । सासु र बुहारीबीचको सम्बन्ध पछिल्लो समयमा सुधार आएको पाउन सकिन्छ ।तर सासू बुहारीबीचको सम्बन्ध छोरी र आमाको जस्तो भने बन्न सकेको छैन ।

नेपाली समाजका धेरै परिवारमा अहिले पनि सासू र बुहारीबीचको सम्बन्ध राम्रो बन्न सकेका पाइँदैन । कुनै घरमा सासूका कारण त कुनै घरमा बुहारीका कारण समस्या उत्पन्न हुने गरेको छ । सासूले बुहारीमाथि हैकम जमाउन खोज्ने र बुहारीले सासूको मानमर्दन र वेवास्ता गर्नाले समस्या निम्तने गरेको छ ।घर परिवारलाई राम्रोसँग चलाउनु सासु र बुहारी दुबैको लागि अत्यावश्यक हुन्छ । सासू भन्दा पनि यसमा बुहारीको धेरै भूमिका हुन जान्छ । किनकी बुहारीले उक्त घरमा लामो समय विताउनु पर्ने हुन्छ ।

सासु बुहारीबीचको वेमेल अन्त्य गर्नका लागि हामीले केही उपायको खोजी गरेका छौं ।

उमेरको ख्याल– पहिलो कुरा सासु र बुहारीले एक अर्काको उमेरको ख्याल गर्न आवश्यक छ । सासु उमेर र अनुभवले खारिएकी हुन्छिन् । उनले जीवनमा धेरै हन्डर र ठक्कर पनि खाएको हुन्छ । यस अर्थ बुहारीले सासुको अनुभावबाट केही सिक्ने बानीको विकास गर्नु आवश्यक छ । त्यस्तै सासुृले पनि बुहारीको उमेरलाई ख्याल गर्दै आफू त्यस्तो उमेर हुँदाका अवस्था, आवश्यकता, इच्छा आदीलाई ख्याल गर्न आवश्यक हुन्छ ।

सकारात्मक सोच– हेरेक कुरामा सकारात्मक सोच राख्दा अधिकांश कुरामा फाइदा पुग्छ । नकारात्मक सोचले हानी पुग्छ । सासु पुरानो जमानाकी भएका कारण उनको सोच त्यस अनुरुप हुन जान्छ । कयौं आधुनिक कुरालाई उनले पचाउन नसकने पनि हुनसक्छ । त्यसैले उनको सोचलाई पनि बुहारीले सकारात्मक रुपमा लिन जरुरी छ ।आफू पनि पछि त्यही अवस्थामा पुग्नु छ भन्ने सोच बुहारीले राख्न सकेको खण्डमा सासु र बुहारीबीचको विवाद धेरै हदसम्म समाधान हुन सक्छ ।

समान व्यवहार– धेरै जसो घरमा विवादको एक कारण सासु र माइतिको आमाप्रतिको फरक व्यवहार हुने गर्छ । बुहारीले सासुलाई वेवास्ता गर्ने, विरामी पर्दा वेवास्ता गर्ने, लामो समय बाहिर भएको बेलामा फोन हालखबर नसोध्ने तर माइति तर्फको आमाको हरेक कुरालाई महत्व दिने कुरा दर्शाउँदा सासुलाई त्यो राम्रो नलाग्न सक्छ । त्यसैले श्रीमानको आमा९सासू० र आफूलाई जन्मदिने आमालाई गर्ने व्यवहारमा समानता देखाउन जरुरी छ ।

सम्मान– एकले अर्काको सम्मान गर्न सकियो भने धेरै कुरामा समस्या पर्दैन । बुहारीले उमेर, व्यक्तित्व, आदीका हिसावमा पनि सासूलाई मान सम्मान गर्नुपर्ने हुन्छ । यसो गर्न सकियो भने उनी खुसी हुन्छिन् । सासु खुसी हुनु भनेको बुहारीका लागि राम्रै कुरा हो । सम्मान दर्शाउँदा सासु खुसी हुन्छिन् र परिवार राम्रोसँग चल्छ भने त्यसो किन नगर्ने रु

आवश्यकता बारे चनाखो– सासु आमाको दैनिक जीवनमा पर्ने आवश्यकता, लत्ता कपडा, खानपानको इच्छा, औषधि उपचार लगायका विषयमा अलि गम्भीर र चनाखो बन्नु होस् । मौसम अनुसारका खानेकुरा लगिदिने र समय समय लत्ता कपडा किनिदिँदा उनीहरु खुसी हुन्छन् ।

बालबच्चाको हेरचाह–भनिन्छ साउँको भन्दा व्याजको माया बढी हुन्छ । त्यसैले सासू आमालाई छोराको भन्दा नाती नातिनाको बढी माया हुन्छ । त्यसैले नाती नातिना हेर्ने र स्यहार गर्ने सासुआको इच्छालाई स्वीकार गर्न सक्नुपर्छ । सासु पुरानो जमानाको हो यो गरेको भएन, नुहाएको भएन, खुवाएको भएन आदी कुरा गरेर नाती नातिना हेर्ने र स्यहार गर्ने सासु आमाको इच्छालाई रोक्न हुँदैन ।

खुलस्त कुराकानी– खुलस्त कुराकानीले धेरै समस्या समाधान हुन्छ । पति पत्नीबीचको विवाद होस् या घरायसी अरु केही विवाद त्यस बेला कुराहरु खुलस्त राख्न सकियो भने धेरै समस्या समाधान हुन जान्छ । त्यसैले सासुसँगै बुहारीलाई र बुहारीसँग सासुलाई केही चित्त बुझेको छैन भने अरुलाई नभएर सम्बन्धित व्यक्तिसँग खुलस्तसँग कुरा राख्दा समस्या समाधान हुन्छ ।

सल्लाह सुझाव– सासु उमेर अनुभव आदीले बुहारी अनुभवी नै हुन्छन् । जीवनको भोगाई वुहारीसँग भन्दा सासुसँग धेरै हुन्छ । अध्ययन, आधुनिकता, विज्ञान प्रविधिमा बुहारी सासुभन्दा अगाडि नै भएपनि जीवन भोगाई र कामहरुबारे बुहारीले सासुसँग सल्लाह लिने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस