ओलीले आफुलाई अलग–अलग हिडन आग्रह गरे : दाहाल तनाबमा

काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आफुलाई अलग–अलग हिडन आग्रह गरेको आफु निकट नेताहरुलाई बताएका छन् । खुमलटारस्थित निवासमा आइतबार आफु निकटका नेताहरुसँग छलफल गर्दै दाहालले प्रधानमन्त्रीवाट यस्तो प्रस्ताव आएको बताएका हुन् ।

प्रधानमन्त्रीले विभाजनकै प्रस्ताव गरेपनि दाहालले भने आफु पार्टी एकता कायम राख्नका लागि क्रियाशील रहेको आफु निकट नेताहरुलाई बताएका छन । केही समयदेखि नेकपा अध्यक्ष ओली र दाहालबीच कार्यशैलीलाई लिएर विवाद देखिएको छ । पार्टी निर्णय विपरित काम गरेको भन्दै दाहालले ओलीप्रति असन्तुष्टि जनाउदै आएका छन ।

शनिवार बालुवाटारमा भेटेर दाहालले विवादका विषय छलफल गर्न सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । कर्णाली प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषय दुई नेताबीच विवाद छ ।

प्रतिक्रिया दिनुहोस