वास्तुशास्त्र टिप्स – गरीबीबाट मुक्ति पाउन घरबाट हटाउनुपर्छ यी चीजहरू

वास्तुशास्त्रमा यस्ता धेरै चीजहरूका बारेमा बताइएको छ जसलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ । तपाईंको पनि घर वा पसलमा यी कुरा छन् भने तिनलाई तत्कालै हटाइहाल्नुस् ।तपाईंको अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ । वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन ।घरमा परेवाले गुँड बनाएको छ भने त्यसलाई तत्कालै हटाउनुस् । यो घरमा भयो भने गरीबी आउँछ ।

घरमा माहुरीले गुँड लगाएको छ भने घरमा बस्ने मान्छेका लागि यो खतरनाक त हुँदै हो, यसले दुर्भाग्य पनि ल्याउँछ ।घरमा माकुराले जाल बनायो भने त्यो पनि दुर्भाग्य ल्याउने एक कारण हो । यसलाई तत्कालै सफा गर्नुस् ।वास्तुमा फुटेको शीशालाई एकदमै नराम्रो मानिएको छ । यसले गरीबीका साथसाथै नकारात्मक ऊर्जा पनि ल्याउँछ । यसलाई तत्कालै हटाउनुस् ।

भित्ता वा पर्खालमा चिरा प–यो भने तत्कालै टाल्नुस् । यसो गर्नुभएन भने दुर्भाग्य र गरीबी आउँछ ।धारा चुहिने गरेको छ भने घरमा सकारात्मक ऊर्जा सबै हराएर जान्छन् । अनि पैसा पनि बढी नै खर्च हुन्छ । यसलाई ठीक गराइहाल्नुस् ।

घरका पुराना फुटेका कुरा हामी जम्मा गरेर राख्छौं । यो गलत काम हो । यस्ता सामान तत्कालै फालिदिनुस् । अझ छतमा त झन् थोत्रा सामान राख्नै हुँदैन ।भगवानलाई बासी फूल कहिल्यै नचढाउनुस् । यसो गर्नुभयो भने गरीबी र दुर्भाग्य आइलाग्छ । पूजाकोठा सफा गरेर ताजा फूल चढाउनुस् ।

घरमा बोटबिरुवा रोप्नुभएको छ भने सुकेर झरेका पातहरू फाल्ने गर्नुस् । सुकेका पातले घरमा नकारात्मक ऊर्जा ल्याउँछन् अनि पैसाको कमी गराइदिन्छन् ।

प्रतिक्रिया दिनुहोस