जहाँ युवतीहरु विवाहित पुरुषसँग बिहे गर्न मरिहत्ते गर्छन्

एजेन्सी । विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् । तर विश्वमा यस्तो राष्ट्रहरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कुवारी बस्न पनि बाध्य भएका छन् । यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुषसँग बिहे गर्न मरिहत्ते गर्छन ।

युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह युद्दको कारण पुरुषको संख्यामा कमि आएको छ । लाखौँ युवाहरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।

युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको समाचारहरु बाहिरिएको छ । सिरियामा रहेको पुरुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।

सन् २०१० को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो । देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ । सामाजिक सुरक्षा लागि भनेपनि विवाह गर्न नचाहने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् ।

प्रतिक्रिया दिनुहोस