५ जना मिलेर कछुवा काठमाडौ ल्याएका छन् भन्ने सूचना पाएर प्रहरी पुग्दा जे देखियो

काठमाडौ । भक्तपुर सूर्यविनायकबाट संरक्षित वन्यजन्तु कछुवा सहित ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर बालकुमारी बस्ने रामेछाप हिमगंगा नगरपालिका–४ घर भएका २९ वर्षीय नैन बहादुर आले मग

काठमाडौं बनस्थली बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भएका २४ वर्षीय सुजन उपरकोटी, काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका ३३ वर्षीय छेवाङ लामा, भक्तपुर गणेशबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २७ वर्षीय राज कुमार घिसिङ र काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २९ वर्षीय दावा लामा रहेका छन् ।

संरक्षित वन्यजन्तु कछुवाको अवैध ओसार पसार तथा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस