कुकुर रोएको आवाज घरबाहिर सुन्नु भएको छ भने दर्साउँछ यस्तो ड’रलाग्दो संकेत ! वास्तविकता यस्तो छ….

काठमाडौँ । प्राचिन मान्यता अनुसार यदि रातको समयमा घरको बाहिर कुनै कुकुर रो’एको आवाज आउँछ भने यो आउँन लागेको मृ’त्युको सूचक हो वा भविष्यमा आउन लागेको सं’कटलाई दर्शाउछ भनिन्छ । त्यसैले जब घरको बाहिर कुनै कुकुर रु’न्छ भने त्यसलाई खेद्ने वा भगाउँने गरिन्छ । तर, के कुकुर रुनु साच्चिकै कुनै पनि अशुभ संकेत हो रु’वायो पनि अन्य भ्रा’मक मान्यताहरु जस्तै यो पनि एक बिना आधारको कुनै सोच हो ।

यसको उत्तर जवाफ कुकुर रुनुको वैज्ञानिक आंकलनपछि जान्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार, हामी जुनलाई कुकुर रोएको भन्छौ, वास्तवमा त्यो रोएको नभएर आफ्नो अर्को साथीसम्म एक विशेष प्रकारको संन्देश पुर्याउँन भुकेको हुन्छ । ऊ रोएको नभएर आफ्नो साथीलाई आफू रहेको ठाउँ थाहा होस् भन्ने हुन्छ । यस बाहेक यदि कुनै कुकुरलाई समस्या परिरहेको हुन्छ, तब ऊ आफ्नो साथीहरुलाई रोएको जस्तै आवाजबाट बोलाउँछ ।

कुकुरले तिखो आवाज सहन सक्दैन, त्यसैले ऊ विस्तारै-विस्तारै कराउँछ, जसलाई हामी रोएको सम्झन्छौँ । मानिसलाई जस्तै कुकुरलाई पनि एक्लो रहन मन पर्दैन । त्यसले जब ऊ एक्लो महसुश गर्न तब आफ्नो साथीहरु बोलाउँन भुक्न थाल्छ। तर, हामी यसलाई रोएको सम्झेनु गल्ती भनिएको छ। त्यसैले, यदि तपाईको घरबाहिर पनि कुकुर रोएजस्तो सम्झेर खेद्ने काम नगर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस