आफुभन्दा धेरै कान्छा युवकसँग बिवाह गर्दैछिन् श्वेता ?

आफुभन्दा धेरै कान्छा युवकसँग बिवाह गर्दैछिन् श्वेता ?
खासमा दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर भाइरल हुन पुगेको हो ।

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ? धेरैको जिज्ञासा छ । प्राप्त जानकारी अनुसार उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिला विजयेन्द्रकी आमा हुन् ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको गरी तिन तस्वीर स्वेताले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेपछि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत

उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको गरी तिन तस्वीर स्वेताले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेपछि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गरेको धेरैको अनुमान गरेका छन् ।

स्रोतका अनुसार विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।

यस बिषयमा अभिनेत्री स्वेताले भने अहिले फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी छन् । हल्ला अनुसार स्वेताको बिहे यही मंसिर ५ मा हुने भनिएको छ । तर, स्वेताले आफू बिजनेश, माझी बस्ती र केही चलचित्रको काममा व्यस्त रहेकाले अहिले बिहे गर्ने मूडमा नरहेको बताइन् ।

केही समयअघि श्रीकृष्ण श्रेष्ठकी आमा अर्थात स्वेताकी सासूआमा र परिवारका अन्य सदस्यले बिहे गर्ने स्वीकृति दिएको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस