सामान्य रुघाखोकी लागेर अस्पताल जाने सोच बनाउनु भएको छ भने यो अबस्य पढ्नुहोस्।

काठमाण्डाै – कोरोना भा’इरस (कोभिड—१९) स’ङ्क्रमणको जो’खिम रहेकाले डाक्टरहरुले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।अहिले अस्पतालहरुमा कोरोना स’ङ्क्रमणको जो’खिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आईसीयू बेडहरु कोरोनाका बिरामीले भरिएको चिकित्सकहरुको भनाइ छ । मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डाक्टर रक्षा गौतमले बताउनुभयो ।

अस्पतालहरुमा आईसीयू बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले स’ङ्क्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उहाँले आग्रह गर्नुभयो । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गर्नुभयो । डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने हुँदा आफैले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाहअनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता/दश दिन भित्रमा मौसमी फ्लु निको हुने उहाँले बताउनुभयो ।

सामान्य रुघाखोकी लाग्दैमा हतार–हतार अस्पताल आएर अस्पतालबाट आफूलाई नभएको फ्लुसमेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो । मौसमी फ्लुका लक्षण देखिए पनि श्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरै ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उहाँले आग्रह गर्नुभयो ।

नेपालमा लकडाउन सुरु भएको सुरुवाती चरणमा सरकार र नागरिकस्तरबाट कडाइका साथ स्वास्थ्य सुरक्षाका मापद’ण्ड पालना भए पनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा को’रोना जिते पनि दीर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यानसमेत जाने घ’टनाहरु बढिरहेको उल्लेख गर्दै उहाँले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गर्नुभयो । अहिलेको अवस्थामा जटि’ल खालका बिरामीहरु बढ्दै गएकोप्रति उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।श्रोत: उज्जालो खबर

प्रतिक्रिया दिनुहोस