भर्खरै बिहे गरि भि’त्र्याएकि श्रीमतिको अगाडि नै ८ जना संग बिवाह भैसकेको थाहा पाएपछि…

एजेन्सी। एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग। तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन्। एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन्।

घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा दर्ता गरे। प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो। तर कुरा मिलेन। महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन्।

प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन्।

केही दिनपछि पती–पत्नीबीच खटपट भयो। त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् । दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन्।

तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन। हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन्।

आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायित्व आयो। फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिब ५ वर्ष सम्बन्धमा बसिन्। सम्बन्धमा रहँदा उनी ४ वटा बच्चाकी आमा बनिन्।

समय अगाडि बढ्दै थियो तर, फेरि पति र पत्नीबीच विवाद भयो। आठौं पतिसँग बस्ने मन नलागे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन्।

तर आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ता गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप लगाए।

त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी शुरु गर्यो। खोजी शुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गरि उनीहरुलाई स्थानीय अदालतमा पेश गरिएको थियो।

महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस