डब्लुएच.ओले मान्यता दिएकाे को`रोनाको खोप सरकारले खरिद गर्ने, यस्तो छ तयारी । नेपाल सरकारले को- रोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ ।।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकार वाला निकायको संयुक्त पहलमा को`भिड खोप खरिद प्रक्रिया सुरु भएको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।।
परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओको मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको बताए ।।
अहिले विश्वका विभिन्न मुलुकले को`भिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पु-याइसकेका छन्। ‘कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,’ ज्ञवालीले बताए ।
उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँग-सँगै पहल भइरहेको जानकारी दिएका छन् । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।