मबार सुनको मुल्य यो महिनाकै उच्च कायम भएको छ ।
महिनाको २४ गतेसम्म आइपुग्दा सोमबारको मुल्य यो महिनाकै सर्वाधिक कायम भएको हो ।
हिजो ९७ हजार ७ सय मा कारोबार हुँदा उक्त मुल्य नै यो महिनाको उच्च थियो तर आज हिजोको तुलनामा सुनको मुल्य तोलामा ५ सय रुपैंयाले बढेर कात्तिक महिनाकै उच्च कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय र तेजावी सुन ९७ हजार ७ सय मा कारोबार भैरहेको छ । आइतबार छापावाल सुन ९७ हजार ७ सय र तेजावी सुन ९७ हजार २ सय मा कारोबार भएको थियो ।
सुनको मुल्य उकालो लाग्दा चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलाको १ हजार २८५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
आइतबार चाँदीको मुल्य १ हजार २७५ मा कारोबार भएको थियो ।