श्रीमानलाई निद्राको औषधी खानामा खुवाएर प्रेमीसँग गर्थिन् यस्तो हर्कत

काठमाडौ । एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घटनाको रहस्य पुलिसले सुल्झाएको छ । घटनामा संलग्न पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । श्रीमानको जीवन लिएपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा निद्राको औषधी दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् ।पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औषधी खुवाएर निदाएको अवस्थामा जीवन लिइन् । यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस