बिहे गर्न केही झुट थिए तर यो दुनियाँ चकित हुने झुट जब बिबाह सकिनै लाग्दा खुल्यो !

काठमाडौं । सामान्यतयाः हामीले सुन्ने गरेका छौं कि मान्छेहरु विहे गर्नका लागि झुट बोल्छन् । तर कतिसम्म झुट बोल्छन् त्यसका बारेमा आज हामी तपाँईहरुलाई जानकारी दिन गइरहेका छौँ ।

विवाहको मण्डपमा एउटी महिलाले अचानक पुगेर दुलहालाई आफ्नो पति भनेपछि हंगामा भएको हो । विवाह गरिरहेका युवकले आफ्नी पहिलो श्रीमतीलाई उनी कार्यालयको कामको लागि शहर बाहिर गएको बताएका रहेछन् । घरबाट बजार जान्छु भनेर निस्केका उनी अर्की महिलासँग विवाह गर्न गएको खुल्न आएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

केही व्यक्तिहरुले झूट बोलेर विवाह गर्न लागेका ति पुरुषका बारेमा पहिलो श्रीमतीलाई जानकारी दिएका थिए । त्यसपछि, पहिलो पत्नी विवाहको बीचमा पुगेर त्यहाँ बबाल खडा गरेकी हुन् । पहिलो श्रीमतीले विवाह तुरुन्तै रोक्नको लागि माग गरिन् ।

यो अनौंठो विवाहको कहानी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डेलीमेलको रिपोर्ट अनुसार यो घटना अफ्रिकी देश जाम्बियाको लुसाकाको हो । फेरी बिहे गर्न खोजेको पुरुषको नाम अब्राहम मुयुन्दा हो ।

उक्त रिपोर्ट अनुसार पहिलो श्रीमतीसँग झूट बोलेपछि उक्त युवक विवाहको लागि चर्च पुगेका थिए । भिडियो सामाजिक सञ्जालमा देखा पर्यो जसमा पहिलो श्रीमतीले भनिन्, ‘यो विवाह हुन सक्दैन । यो व्यक्ति मेरो पति हो ।’

पहिलो पत्नीले विवाह रोक्नको लागि मांग गर्दा त्यहाँ आएका पाहुनाहरू छक्क परेको समाचारमा उल्लेख गरिएको छ । पहिलो श्रीमतीले यो पनि भनिन्, ‘हाम्रो सम्बन्ध विच्छेद भएको छैन, हामी बीच कुनै विवाद पनि भएको छैन । थाहा छैन यहाँ के भइरहेको छ ।’

उक्त महिलासँग उनका एक बच्चा पनि साथमा थिए । यो विश्वास गरिएको छ कि त्यो मानिस जसलाई उनले आफ्नो लोग्ने भनेर चिनाइन्, बच्चा पनि उसकै हो । स्थानीय मिडिया रिपोर्टका अनुसार दुलहाले उक्त घटना पछि प्रहरी चौकी पुग्नुपर्यो ।

समाचार अनुसार दोस्रो पटक विवाह गर्न लागेकी दुलहीलाई ति पुरुष विवाह भइसकेको व्यक्ति भनेर थाहा थियो । तैपनि उनले विवाह गर्ने निर्णय गरिन् । घरमा पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्दा जाम्बियामा ७ बर्ष सम्म जेल सजाय हुनसक्छ

प्रतिक्रिया दिनुहोस