१० वर्ष अगाडी कवाडीसँग किनेको कुर्सीले भाग्य चम्काइदियो, रातारात बने करोडपति

एजेन्सी – मानिसहरुको भाग्य जुन बेला पनि चम्किन सक्छ । अहिले कुनै मानिस गरिब छ भने भाग्य चम्किएमा धनी पनि हुन सक्छ । दिन फेरिन समय नलाग्ने हुनाले अहिले दुख भएमा पनि आत्तिनु हुँदैन ।

यस्तै एक व्यक्तिको एक सामान्य सामानले नै भाग्न चम्काइदिएको छ । युरोपका एक जोडी आफ्नो एक सामानले रातारात करोडपति भएका छन्। स्कटल्यान्डमा बस्दै आएका एन्जेला र एंगस को भाग्य एक्कासी चम्किएको हो ।

यी जोडीले १० वर्ष अगाडी कवाडीसँग किनेको कुर्सीले अहिले भाग्य चम्काइदिएको हो । १० वर्ष अगाडी किनेको उक्त कुर्सी मर्मत गर्ने पैसा नभएपछि ती जोडीले स्टोर रुममा थन्काएका थिए । एंगसले ६ वर्षपछि कुर्सीको मर्मत गर्ने भन्दै निकाले ।

मर्मत गर्दा थाहा भयोकी कुर्सीमा हिरा जोडिएको रहेछ । एंगस चकित परे । यो कुरा पत्निलाई पनि थाहा दिएनन् । एकैपटक बिशेष दिन पारेर पत्निलाई हिराको औठी उपहार दिए । उनले हिराको औठी मात्र नभई हिराको चुरा पनि उपहार दिए ।

प्रतिक्रिया दिनुहोस