पैसा फल्ने विश्वकै अनौठो रुख ! ,कहिल्यै नदेखेको यो रुखको रोचक रहस्य हेर्नुहोस्

पैसा फल्ने रुख तपाईले कहिल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा रहेको छ ।

१७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् । खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जोडिएका कारण यो रुख बहुमूल्य बन्दै गइरहेको छ ।

यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वासका साथ दिनानुदिन सिक्का खोप्नेको संख्या बढ्दै गइरहेको छ ।

वेल्स राज्यको पोर्टमोरियन गाउँमा भएको यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ जहाँ यो रुखलाई हेर्नकै लागी भनेर दैनिक कैयौँ पर्यटक जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस