अनलाइनमा कल गर्ल खोज्दा एक युवक यसरी लुटिए, प्रहरीलाई नयाँ कोठीसम्म पुग्ने आधार बन्यो

काठमाडौं । एक पुरुष कल गर्लका नाममा नराम्रोसँग लुटिएका छन् । भारतको राजधानी नयाँ दिल्लीको नोएडामा अनलाइनमार्फत कल गर्ल प्रदान गर्ने नाममा त्यसरी फसाइएको हो । जानकारी अनुसार त्यहाँका एक ३० वर्षीय व्यक्तिलाई कल गर्लका नाममा १६ हजार रुपैयाँ ठगिएको समाचार बाहिर आएको छ ।

ति युवकले यस सम्बन्धमा दुई व्यक्तिको बिरूद्ध प्रहरीमा उजुरी पनि दिएका छन् । प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार पीडित मूल रुपमा लखनऊको सेक्टर–३९ प्रहरी चौकी क्षेत्रमा बस्छन् । ६ नोभेम्बरमा कल गर्लका लागि उनले एक युवकसँग अनलाइनबाट सम्पर्क गरेका थिए ।

उक्त युवकले प्रहरीलाई बताए कि १६ हजार रुपैयाँमा कल गर्ल उपलब्ध गराउने कुरामा सहमति भएपछि उनीहरुबीच भेट गर्ने कुरा भएको थियो । भेट्नका लागि उनलाई बोटानिकल बगैंचा मेट्रो स्टेशनमा बोलाइएको थियो । मेट्रो स्टेशनमा पुगेका युवकलाई १६ हजार रुपैयाँमा सहमति गराउने दुई जना सेतो स्विफ्ट कारमा त्यहाँ आएका थिए ।

युवकले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘उनीहरूले मसँग १३ हजार ६०० रुपैयाँ नगद र २ हजार ४०० अनलाइन लेनदेनको माध्यमबाट लिएका थिए ।’ दुई जनाले युवती एकछिन्मा आउँछिन् एकछिन यतै बस्नु भनेर त्यहाँ छोडेर गएका थिए । तर उनले लामो समय पर्खदा पनि त्यहाँ कोही कल गर्ल आइनन् ।

ति युवकले आरोप लगाए कि लामो समयसम्म कुर्दा पनि जब कोही आएन् तब उनले आफ्नो १६ हजार रुपैयाँ फिर्ता लिने विचारमा पुगेका थिए । युवकले आफ्नो पैसा फिर्ता लिनको लागि सम्पर्क गर्न खोजे तर सम्पर्क हुन सकेन । त्यस पछि उक्त युवकले सेक्टर–३९ प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

यस सम्बन्धमा प्रहरीले भारतीय द’ण्ड विधानको धारा ४०६ (फौजदारी धोका) अन्तर्गत मुद्दा दायर गरेको छ । सेक्टर–३९ चौकी प्रभारी आजाद सिंह तोमरले भने, ‘हामीले मुद्दा दर्ता गर्यौं र सन्दिग्धको खोजी गरिरहेका छौं । उजुरीकर्ताले केवल सन्दिग्धहरूको कार नम्बर याद गरे र यसको आधारमा हामी कार पत्ता लगाउन प्रयास गरिरहेका छौं ।’ यद्यपि वरिष्ठ पुलिस अधिकारीहरूले भने कि यो कुरा निकै जटिल छ ।

अतिरिक्त प्रहरी उपायुक्त (जोन–१) कुमार रणविजय सिंहले भने, ‘यस्तो देखिन्छ कि पीडितले सन्दिग्ध व्यक्तिहरूसँग सम्पर्क गरिसकेका छन् र उनीहरूसँग पहिले पनि काम गरिसकेका छन । यस विषयको अनुसन्धान भइरहेको छ र हामी यस बारे थप जानकारी संकलन गर्दैछौं ।’

यसरी लकडाउनका बीचमा कल गर्न खोज्नका लागि एजेन्ट खोजिरहेका उनी नराम्रोसँग फसेका हुन् । यदि तपाईं पनि यस्तो काम गर्ने सोच्दै हुनुहुन्छ भने कृपया एकपटक अवश्य ठन्डा दिमागले सोच्नुहोला । माथि उल्लेख गरिएको सबै रकम नेपाली रुपैयाँ अनुसार हो । यो कुरामा कोही पनि भ्रममा नपर्नुहोला ।

प्रतिक्रिया दिनुहोस