मानिस होस् वा पशु जो कोही आमा आफ्ना सन्तान बचाउन आफैलाई बाजी थाप्छिन्.,यो सन्देशको भिडियोले संसारलाई रुवायो

मानिस होस् वा पशु जो कोही आमा आफ्ना सन्तान बचाउन आफैलाई बाजी थाप्छिन्.,यो सन्देशको भिडियोले संसारलाई रुवायो

काठमाडौं : चाहे मानिस होस् वा पशु, सबैको आमा हुन्छन् । आमा जसले आफ्ना बच्चाहरूलाई बचाउन आफ्नो जीवनको पनि वास्ता गर्दैनन् । उनी जीवित छँदा आफ्ना बच्चाहरूलाई केही हुन नदिनका लागि ज्यानलाई जोखिममा राख्ने गर्छन् । आमाको ममता समान भिडियो अहिले बाहिर आएको छ ।

यो भिडियो हेर्दा तपाईंको आँखाहरू पक्का रसाउनेछन् । यस भिडियोमा, एउटा हाँस आफ्ना बच्चाहरूको साथमा खाल्डामा बसेको छ । अचानक एउटा ठूलो अजिङ्गर त्यहाँ आउँदछ । अजिङ्गरले बच्चाहरूलाई हमला गर्दछ । जब आमा हाँसले सर्पलाई देख्यो तब उसले एक पछि अर्को गर्दै खाडलबाट बच्चाहरुलाई त्यहाँबाट आफ्ना सबै बच्चाहरूलाई बाहिर निकाल्न सफल हुन्छ ।

तर त्यसबेला सम्म ढिलो भइसक्यो र बच्चाहरुलाई बचाउँन खोज्दा खोज्दै उनलाई सर्पले समात्यो । यो भिडियो सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ । यस भिडियोको क्याप्शनमा लेखिएको छ, ‘आमाको प्रेमको शक्ति संसारमा सब भन्दा ठूलो हो ।’

यो भिडियो देखेर, मानिसहरू भावुक भइरहेका छन् । उनीहरूका टिप्पणीहरू मार्फत आमाको मायालाई अभिवादन गरिरहेका छन् । साथै, केही प्रयोगकर्ताहरू भिडियो बनाउने व्यक्तिको आलोचना गरिरहेका छन् । प्रयोगकर्ता द्वारा लेखिएको भिडियो लिनुको सट्टा, उक्त व्यक्तिले यो हाँसको जीवन बचाउनतर्फ लाग्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस