कसैको मृ’त्यु भएको खबर पाउन साथ तपाईं हामीले लेख्ने गरेको ‘RIP’ को खास अर्थ के होला ? जान्नुहोस

काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा धेरै देखिने शब्द हो ‘रिप’ । कसैको मृ’त्युको खबर सुन्ने वा देख्ने बित्तिकै सामाजिक संजालमा जसले पनि ‘रिप’ लेखेका हुन्छन् ।

खासमा कसैको मृ’त्युमा श्र’द्धाञ्जली या स’मबेदनामा रिप लेख्ने गरिन्छ । यो एउटा फेसन नै बनिसकेको छ भन्दा पनि फरक नपर्ला । तर रिप भनेको के हो, यसको खास अर्थ के हुन्छ ? यस बारेमा सायद थोरैलाई मात्र थाहा होला ।

सन १८०० शताब्दीमा ल्याटिन शब्द Requiescat in pace वाट सुरु भयेको यो शब्द को पुरा रुप Rest In Peace हो । जस्को अर्थ “शान्ति संग आराम गर” हुन्छ । यो शब्द उनिहरुको लागि उपयुक्त हुन्छ जसलाइ एउटा सुरक्षित बाकस ( श’वबाकस) मा राखेर गाडिने गरिन्छ ।

किनकि इसाई र मुस्लिम धर्म मन्नेले उनीहरुको मान्यता अनुसार जुन दिन “जजमेन्ट डे” अथवा “कयामत को दिन ” (पर्लय ) आउनेछ त्यस दिन जति पनि गाडिएका श’वहरु छन् ति सबै पुनर्जीवित हुन्छन् ।

त्यसैले उनिहरुलाइ लक्ष्यित गर्दै भनिएको हो त्यस दिनको पर्खाइमा शान्तिपुर्ण आराम गरि बस्नु । तर पूर्बीय दर्शनशास्त्र र हिन्दु धर्मशास्त्र अनुसार शरीर एउटा नश्वर ( ना’श हुने ) हो र आत्मा अ’मर हुन्छ ।

त्यसैले हिन्दु शरीरलाई ज’लाउने गरिन्छ । त्यसैले त्यस्को लागि Rest In Peace को कुनै अर्थ छैन । हिन्दु धर्म अनुसार जव मानिसको मृ’त्यु हुन्छ उतिबेला नै उसको शरीरबाट आ’त्मा निस्केर कुनै न कुनै नयाँ जी’वाणु वा शरीरमा प्रवेश गर्दछ ।

त्यस नयाँ जिवनको लागि गति प्रदान होस भनेर आत्माको गतिको लागि मृ’त्यु क्रियाकर्म, श्रा’द्धकर्म र शन्तिपाठ गरिन्छ । त्यसकारण कुनै हिन्दु मृ’तात्माको लागि “हार्दिक श्र’द्धाञ्जली ” ; “भावपुर्ण श्र’द्धाञ्जली” ; “दिवंगत आत्माले सदगति पाओस ” ; “दिवंगत आत्माले शान्ति पाओस् “; ” परिवारप्रति हार्दिक समवेदना” भन्ने जस्ता उक्तिहरु लेख्न सकिन्छ ।

कुनै इसाई तथा इस्लाम धर्मलम्बीहरुमा मित्रहरू छन् भने उनीहरुको लगि RIP लेख्न सकिन्छ । हामी अल्छि भएर धेरै छोटो लेख्न खोज्दा जानी या नजानी आफ्नो मुल्य मान्यता सस्कृतिलाई असर पुर्याउन पुगेको छ । त्यसकारण कृष्चियन र मुस्लिम धर्मावलम्बीहरु बाहेकले प्रयोग गर्नु उचित हुदैन ।

प्रतिक्रिया दिनुहोस