काठमाडौँ । दुब्लो पातलो व्यक्ति सँधै मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्याउन सकिरहेको हुँदैनन् ।
ठूलो पेटले देख्दा भद्दा देखिनेमात्र होइन् विभिन्न रोग पनि भित्र्याइरहेको हुन्छ । त्यसैले आज हामी तपाईलाई मोटोपन घटाउने केही उपायका बारेमा जानकारी दिदैछौँ ।
सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस्
ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।
खाना अघि सुप खाने
हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।
अन्य उपाय
१) दिनको सुरुवात कागती पानी वा कागती चियाबाट गरौं ।
२) कागती पानीमा मह मिसाएर पिउन सकिन्छ । यसले पाचनयन्त्र पनि राम्रो हुन्छ ।
३) तौल नियन्त्रणका लागि त्रिफलाचूर्ण उपयोगी हुन्छ । राती एक गिलास पानीमा आधा चम्चा त्रिफला चूर्ण मिसाएर राख्ने । बिहान यसलाई उमाल्ने र चिसो बनाएर पिउने ।
४) लौकाको जुसमा पुदिना वा तुलसीको पात मिसाएर पिउनुपर्छ ।
५) तौल नियन्त्रणका लागि भोजनमा गहुँ, आटा, रोटी भन्दा जौ, चनाको आटा उपयोगी हुन्छ ।
६) भोजनमा फाइबरयुक्त फलफूल जस्तो कि, मेवा, स्याउ आदि सेवन गर्ने ।
७) फ्याटी फूड जस्तो कि, बर्गर, मिठाई आदि सेवन नगर्ने ।
८) चियासँग ब्रेड, बिस्कुट आदि सेवन नगर्ने ।
९) अन्डा, मासु र समुन्द्री खाना नखाने ।
१०) कोल्ड ड्रिङ्क, प्याकेटको फुड्स, तेलयुक्त खानेकुरा सेवन गर्ने ।
११) चिया, चामल र आलुको सेवन कम गर्ने ।